साफ गेम्सका पदकधारी सुबोध श्रेष्ठको विराटनगरमा निधन

साग गेम्सका कास्य पदक विजेता भारत्तोलक सुबोध श्रेष्ठको निधन भएको छ। बंगलादेशमा सन् १९८५ मा भएको दोस्रो सागमा श्रेष्ठले हेभिवेट (सय केजीमाथि) कास्य जितेका थिए। 

उनले १९८७ जापानमा भएको एसियन च्याम्पिनसिपमा पनि देशको प्रतिनिधित्व गरेका थिए। 

५३ वर्षीय सुबोधलाई लामो समयदेखि सुगरलगायत विभिन्न स्वास्थ्य समस्या थियो। उनको बिराटनगरमा निधन भएको परिवारले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-06 13:21:00

प्रतिकृया दिनुहोस्