जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडी पक्राउ

जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा एक जोडीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले सप्तरीको कञ्चनरुप नगरपालिका–६ का ३५ वर्षीय मो इब्राहिम मियाँ र ३२ वर्षीया हसिना खातुनलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जेठी श्रीमती सैरुन खातुनको उजुरीमा बहुविवाह गरी कञ्चनरुपस्थित घरमा बसेका इब्राहिम र उनकी कान्छी श्रीमती हसिनालाई पक्राउ गरिएको जानकारी दिए । कान्छी श्रीमती हसिना सुनसरीको भोक्राहा गाउँपालिका–३ का मन्सी मिंयाकी छोरी हुन् ।

भोक्राहामा नै विवाह गरी मङ्सिर १३ गते मात्र घर आएका आरोपित पतिले कान्छी श्रीमती भन्दै घर भित्र्याएको पीडितले बताइन् । पीडित सप्तरीको खडक नगरपालिका–१० फुलबडियास्थित माईत विस्थापित छन् । उनको १२ वर्षीय छोरा छन् ।

प्रकाशित मिति: : 2021-01-07 19:50:00

प्रतिकृया दिनुहोस्