सुवास वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

बिएल संवाददाता

काठमाडाै‌ं

१३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ ‘पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

सुवासले तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सन्जु चौधरी र तेक्वान्दोकी सिना मादेन लिम्बुलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन्।

उनले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे। सुवासले सागमा व्यक्तिगत र टिममा स्वर्ण जितेका थिए।
 

प्रकाशित मिति: : 2021-01-12 17:37:00

प्रतिकृया दिनुहोस्