बिएल संवाददाता
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अमरसिंह पुनले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रतिनिधिसभा विघटन गर्ने कदमलाई गैरसंवैधानिक भन्ने अधिकार नभएको बताएका छन्।
कांग्रेस राेल्पाका सभापतिसमेत रहेका पुनले गंगादेव गाउँपालिका अध्यक्ष बीरबहादुर खत्रीविरुद्ध दुई नागरिकता बनाएको आराेपलाई पूर्वमन्त्री पुनसँग जाेडेर इगिंत गरेका हुन्।
'उहाँ ले गर्दा जे पनि हुने। दुईवटा नागरिकता भएका मानिसलाई कारबाही गर्न राेक्न सक्नुहुने रहेछ, वर्षमान पुनले' उनले भने, 'ओलीकाे संसद विघटन गर्ने काम र भिउदे खत्रीलाई जाेगाउने वर्षमानजीकाे काम एकै हाे।'
बिएल नेपाली सेवासँगकाे कुराकानीमा नेता पुनले वर्षमानकाे कारण दुईवटा नागरिकता लिएका भिउदे खत्री (बीरबहादुर खत्री)लाई कानुनी कारबाही गर्नबाट राेकिएकाे आराेप लगाएका छन्।
'सक्नुभएन धेरै आवाज उठे। मिडियामा कुरा आए। सदनमा कुरा उठे। गृहमा आयाे, राज्य व्यवस्था समितिमा निवेदन आयाे, अख्तियारमा आयाे। सारा संसारभर कुरा आयाे। तर, उहाँ (बर्षमान)हरुले कानुनी कारबाही गर्न सक्नुभएन'- उनले प्रश्न गरे, नेपालकाे नागरिकता ऐन अनुसार कारबाही हुन्छ कि हुन्नँ?'
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया