भारतले दिएकाे कोरोनाविरुद्धको खोपप्रति भट्टराईकाे आपत्ति

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप सरकारले खरिद गर्न नसकेकाे भन्दै आलाेचना गरेका छन्।

भारतले बिहीबार १० लाख डोज कोरोना खोप उपलब्ध गराएपछि भट्टराईले अर्कासँग मागेर लगाउनुपर्ने देशको अवस्थाप्रति टिप्पणी गरेका हुन्।

‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो। ऐले कोरोना माहामारीविरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे,’ भट्टराईले भनेका छन्, ‘बाँकीलाई कहिलेसम्म होला? कता हात थाप्ने होला? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ।’

प्रकाशित मिति: : 2021-01-22 08:08:00

प्रतिकृया दिनुहोस्