ओलीले गल्ती स्वीकारे जेल हालेर माफी दिन्छाैं: अध्यक्ष नेपाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले गल्ती स्वीकार गरे केही समय जेलमा राखेर माफी दिन सक्ने बताएका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले भने,‘समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला। अथवा सुरुमै माफी पनि दिउँला।’

अब प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने उनले बताएका छन्।

‘कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन। सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपरे हुन्छ,’नेपालले भने, ‘अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ।’

ओलीलाई पार्टी विधान र अनुशासनको उल्लंघन गर्ने भनी सोधेको स्पष्टीकरणको जवाफ अझै नआएको उनले बताए।

प्रकाशित मिति: : 2021-01-22 15:37:00

प्रतिकृया दिनुहोस्