
पहिलोपोष्ट
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको 'ह्याप्पी लुक्स' दुर्लभ मानिन्छ। गएको प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा यस्तै एउटा दुर्लभ दृश्य कैलालीमा देखिएको थियो।
चुनावी सभाकै क्रममा २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँग उनी यसरी खुले कि, उपस्थित पत्रकारहरुमेत अचम्ममा परे।
त्यसको ठीक एकदिन अघि गोरखा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले ठोकुवा गरेका थिए - देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन्। प्रधानमन्त्री रहेका देउवालाई पत्रकारहरुले ओलीको भनाइलाई रेफरेन्स लिँदै प्रश्न गरेपछि सुरुमा त झोक्किएका थिए उनी।
तर त्यहीँ बोल्दै जाँदा सात पटक प्रधानमन्त्री हुने सन्दर्भ जोड्दा भने ह्याप्पी लुक्समा उनको अवतरण भयो। 'म अन्तिम प्रधानमन्त्री त भन्छु मैले। ज्योतिषीले भन्या भएर ७ पटक बन्नुहुन्छ भन्या छ मलाई अहिले,' यति भन्दै गर्दा देउवा तनक्क तन्किँदा बिछट्टै हँसिला देखिए। देउवाको हाँसोमा पत्रकारको पनि साथ रह्यो।
देउवाको उक्त दाबीले तात्तातो चर्चा पायो। कतिले निर्वाचनपछि उनी नै प्रधानमन्त्री बन्ने लख काटे पनि। तर, राजनीतिक कोर्स उनले भनेजति सजिलो किन थियो र? नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गजबको तालमेल भयो र उनीहरु निर्वाचनमा गए। र, चिर्वाचन परिणाममा कायापलट भयो। नराम्ररी हार्यो काँग्रेस, देउवा भने बालबाल बचे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया