बिएल संवाददाता
तीनदिने भारत भ्रमणमा रहनुभएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले भारतका पूर्वप्रधानमन्त्री एच.डी. देवगौडासंग भेटवार्ता गरेका छन्।
नयाँदिल्लीस्थित पूर्वप्रधानमन्त्री निवासमा भएको भेटमा आपसी हित र मित्रता अभिवृद्धिबारे छलफल भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
भेटमा पूर्वमन्त्री ढकालले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन तथा दक्षिण एशिया र विश्वमा शान्तिको लागि पहलकदमी लिन पूर्वप्रधानमन्त्री एच.डी. देवगौडालाई आग्रह गरे।
पूर्वप्रधानमन्त्री देवगौडाले नेपालको पछिल्लो विकसित राजनैतिक घटनाक्रमको बारेमा जिज्ञासा राख्दै घोषित निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्न प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार सफल हुने विश्वाश ब्यक्त गरे।
भारतीय राज्यसभाका सदस्यसमेत रहेका नेता देवगौडाले दुई वर्षअघि एशिया प्याशिफिक समिटमा भाग लिन नेपाल आउँदाको मिठो स्मरण सुनाउँदै भारतले सधैँ नेपालमा स्थायित्व र विकास देख्न चाहेको भेटमा सहभागी सामाजिक अभियन्ता कृष्ण अधिकारीले बताए।
भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म
उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया