बिएल संवाददाता
विवादास्पद व्यवसायी अजयराज सुमार्गीको पासपोर्ट रोक्का गरिएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनमा सुमार्गीको पासपोर्ट अध्यागमन विभागले मंगलबार नै रोक्का गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने सुमार्गी राजनीतिक संरक्षणको आडमा अकूत धन आर्जन गरेको गम्भीर आरोप खेपिरहेका थिए। उनी लामो समयदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उच्च निगरानीमा थिए।
सुमार्गी जग्गा कारोबार, मुक्ति सिमेण्ट, थाहा सञ्चार, र रसुवाको मिनरल वाटर उद्योग जस्ता विभिन्न क्षेत्रका मालिक हुन्। उनीमाथि ०७४ सालमै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भए पनि राजनीतिक आडमा उन्मुक्ति पाउँदै आएका थिए।
उनीमाथि ‘ट्याक्स हेभन’ मुलुकहरूमा ‘सोल कम्पनी’ खडा गरी गैरकानुनी रूपमा लगानी गरेको र सोही अवैध रकम नेपाल भित्र्याएर आफ्नो बैंक खातामा राखेको गम्भीर आरोपसमेत लागेको छ।
यसअघि राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदै आएका सुमार्गीमाथि प्रधानमन्त्री कार्यालयले नै चासो देखाएपछि अनुसन्धान प्रक्रिया अघि बढ्ने संकेत देखिएको जानकारहरू बताउँछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया