रिहा भइन् रामकुमारी झाँक्री, भन्छिन्: हामीहरु जित्दै छौं

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा प्रचण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहाइ गरेको छ। 

उनलाई बुधबार बेलुकी रिहा गरिएको महानगरीय प्रहरी आयुक्त हरि पालले जानकारी दिए। उनका अनुसार नेत्रृ झाँक्री श्रीमानको जिम्मामा रिहा भएकी हुन्। 

झाँक्री पक्राउ परेको विरोधमा कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए। राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो।

लगतै उनले आफू बिना–सर्त रिहाइ भएको बताएकी छन्। मिडिया र समर्थकहरुको चर्को दबाबका कारण आफू रिहा भएको बताइन्। उनले भनिन्, 'हामीहरु जित्दै छौं।'



झाँक्री पक्राउको विरोध गर्दै सडकमा उत्रिए समर्थक

नेकपा प्रचण्ड समूह नेत्री राककुमारी झाँक्री पक्राउको विरोध गर्दै समर्थकहरुले बानेश्वरमा विरोध जुलुस निकालेका छन्। 

काठमाडौंको माईतीघरबाट सुरु भएको जुलुस नयाँबानेश्वर पुगेको छ। जुलुसमा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको छ।

आन्दोलनले उग्र रुप लिनसक्ने भन्दै बानेश्वर क्षेत्रमने सुरक्षा व्यवस्था कडा पारिएको छ।



रामकुमारीलाई भेट्न अपराध महाशाखा पुगे नारायणकाजी र योगेश

नेकपा प्रचण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराई उनलाई भेट्न पुगेका छन्।

राज्यविरुद्धको कसुरमा बिहीबार दिउँसो निवासबाटै पक्राउ परेकी झाँक्रीलाई भेट्न नेताहरु श्रेष्ठ र भट्टराई महानगरीय अपराध महाशाखा पुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

प्रकाशित मिति: : 2021-02-11 18:31:00

प्रतिकृया दिनुहोस्