प्रधानमन्त्री युवाको कुरा गर्ने, बालुवाटारमा युवालाई प्रवेश निषेध [भिडियो]

सन्तोष बराइली

काठमाडाै‌ं

यतिबेला देश केपी ओलीमय भएको छ।एकाथरी अवसरवादी प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली (K P Sharma Oli ) बिरूद्ध भ्रम छर्न उद्धत छन् भने अर्कोतर्फ उनलाई नै सघाउन हिँडेका ‘केही’ ओलीको नामको व्यापक दुरुपयोग गरिरहेका छन्।

आफ्नै पार्टीका बरिष्ठ नेताले सरकार चलाउन नदिएपछि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्दै ताजा जनादेशका लागि जनतामा जाने निर्णय गरे। 

त्यसयता उनी विभिन्न सभामार्फत आफ्ना भिजन जनतामाझ प्रष्ट राख्दै आइरहेका छन्। सरकार ढाल्ने र प्रधानमन्त्री तथा राष्ट्रपतिलाई जेलमा कोच्ने अभियानको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल तथा झलनाथ खनाल जस्ता नेताहरू ओलीबिरूद्ध पुरै विषबमन गरिरहेका छन्। तर, युवाको ठूलो जमात प्रधानमन्त्रीको पक्षमा देखिन्छ। 

सोसल मिडिया तथा विभिन्न सभामा ओलीको पक्षमा युवाको जनसागर नै उर्लिएको छ। यही जनसागरमा क्षमतावान तथा सिर्जनशील युवा पनि उभिएका छन्। 

देशका ठूला भनिएका नेताहरू, युवाहरूको आर्दश मानिएका गगन थापा (Gagan Thapa) जस्ता विपक्षी नेता प्रधानमन्त्री ओलीबिरूद्ध खरो रुपमा ओर्लिदा पनि किन देशका युवाहरू ओलीकै पक्षमा उभिए? यो सोचनीय पक्ष हो।

प्रधानमन्त्री ओली आफ्नो भाषणमा युवालाई देश विकाशमा समर्पीत हुन आब्हान गरिरहेका हुन्छन्। उनको भाषणमा देश विकाशको मेरुदण्ड नै युवा भएको झल्किन्छ। उनले आफ्नै पार्टीको बैठकमा पनि सबै नेता तथा कार्यकर्तालाई स्पष्ट पारिसकेका छन्—नेकपाको अबको नेतृत्व युवा पुस्तामा जानेछ।

उनको हरेक अभिव्यक्ति युवालाई प्रोत्साहित पार्ने खालको हुन्छ। उनलाई भेट्नेहरू स्वयम भन्ने गर्छन—‘प्रधानमन्त्रीलाई भेट्न गएको, हामीलाई एक मिनेट टाइम दिनुभयो, छोराछोरीसँग १४ मिनेट बोल्नुभयो।’

यो भनाईले के स्पष्ट पार्छ भने, प्रधानमन्त्री ओली प्रतिभावान युवासँग अर्थात देशको भविस्यसँग संवाद गर्न चाहन्छन्। 

तर, के उनले चाहे जस्तै भइरहेको छ त? के प्रधानमन्त्रीले देश विकाशमा गतिदिने युवासँग संवाद गर्न सकिरहेका छन् त? 

प्रधानमन्त्री ओलीसँग देशका यस्ता थुप्रै युवा प्रतिभा भेट्न चाहन्छन्। उनीसँग आफ्नो क्षमताको कुरा गर्न चाहन्छन्। प्रधानमन्त्रीको समृद्धिको नारामा समाहित हुन चाहन्छन्। तर, बालुवाटारमा ‘कोटरी’ बनाएर बसेका, माओको ‘ग्याङ अफ फोर’ भनेजस्तै एउटा झुण्डले ती प्रतिभाशाली युवालाई प्रधानमन्त्रीसँग भेट गराउने त टाढाको कुरा, बालुवाटारको ढोकासम्म पुग्न दिँदैन। 

नेपालका युवा बैज्ञानिक डा. रोशन यादव (Roshan Yadav) विगत तीन वर्षदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन्। ३० वर्षको उमेरमा भारतको पाँचौ उत्कृष्ट विश्वविधालयमा पर्ने कोलकाताको जादवपुर विश्वविधालयबाट बायोटेक्नोलोजीमा विधावारिधी गरेका उनी आफ्नो भिजन प्रधानमन्त्री समक्ष राख्न चाहन्छन्। अन्तर्राष्ट्रिय जर्नलहरुमा उनको एक दर्जनभन्दा बढी पेपर प्रकाशित छ। उनी अन्तर्राष्ट्रिय साइन्टिस्ट सोसाइटीमा नेपाल च्याप्टरका अध्यक्ष पनि हुन्। उनलाई सन् २०१९ मा भारतको सबैभन्दा प्रतिष्ठित तथा पुरानो ‘भारतीय केमिकल सोसाइटी’ ले छत्तिसगढको रायपुरमा आयोजना भएको ५६ औं कन्भेन्सनमा ‘अनररी फेलो’ बाट सम्मानित गरेको थियो।

सप्तरीस्थित राजबिराज घर भएका उनी नेपालको बायोटेक्नोलोजीमा क्रान्ति ल्याउनसक्ने हैसियत राख्छन्। तर, अचम्मको कुरा यति प्रतिभावान युवालाई प्रधानमन्त्रीसँग अहिलेसम्म भेटन दिइएको छैन। 

यस्तै, मधेशका अर्का युवा राजेश महतो पनि प्रधानमन्त्रीलाई भेट्न विगत दुई वर्षदेखि काठमाडौंको गल्ली चाहरिरहेका छन्। धनुषा निवासी महतोको नेतृत्वमा धनुषा, महोत्तरी र सिन्धुलीका ३० युवाको समूह ‘प्रधानमन्त्री आधुनिक कृषि परियोजना’ सँग जोडिएको छ।

 आधुनिक प्रविधिबाट सामुहिक कृषि गर्न उनले प्रदेश–२ को राजधानी जनकपुरस्थित श्रीराम गुठीबाट ठेक्कामार्फत १ सय ४८ विघा १० कट्ठा ५ धुर जग्गा १० वर्षका लागि भाडामा लिएका थिए। उनले यसका लागि बार्षिक १० लाख भाडा बुझाउनु पर्छ भने नाफाको २५ प्रतिशत बुझाउने सर्त छ। 

युवाको यो समूहले ड्रोनमार्फत खेती गरिरहेको छ। मधेशका युवाले थाले ड्रोनबाट खेती उनको योजना सफल भएको खण्डमा यही एउटा प्रोजेक्टमार्फत एक हजार युवालाई रोजगारी दिन सकिन्छ। ११ वटा पोखरी खनेर माछापालन सुरु गरिसकेका उनी यहाँ उत्पादन हुने वस्तु अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिने बताउँछन्।

तर, उनको यो अभियानमा गाउँकै अगुवाहरू भिलेन बनेका छन्। केही समयअघि मात्र उनको पोखरीमा बिष हालिएको थियो। उनले यसका लागि प्रहरीमा किटानी उजुरी पनि दिएका थिए। तर, उनको उजुरीको अहिलेसम्म सुनुवाई भएको छैन। 

उनीसँग आधुनिक कृषिको ठूलो—ठूलो योजना छ। विदेशी बजारबारे पनि राम्रो जानकार छन्। आफूले गरेजस्तै योजना सरकारले मज्जाले सञ्चालन गर्न सक्ने तथा वैदेशिक रोजगारीमा गएका धेरै नेपालीलाई फिर्ता बोलाउन सकिने उनको भनाई छ। 

तर, उनको योजना सुन्ने फुर्सद कसलाई छ? प्रधानमन्त्रीसँग पुग्ने हैसियत उनीसँग छैन। Hon’ble Prime Minister’s Team सल्लाहकारले कुरा बुझ्दैनन्। बुझे पनि—भेटाउन चाहन्न। 

त्यसैले एक पल्ट प्रधानमन्त्री पत्नी राधिका शाक्यले एउटा कार्यक्रममा भेट्दा गुनासो गरेकी थिइन, ‘के गर्ने प्रधानमन्त्री चारैतिरबाट घेरिनुभएको छ। राम्रो मान्छे आउनै पाउदैनन्। बीचबाटो बाटै डाइभर्ट गराइन्छ।’ 

प्रकाशित मिति: : 2021-02-15 16:29:00

प्रतिकृया दिनुहोस्