बुधबार, ३० जुलाई २०२५

अक्षयको ‘पृथ्वीराज’ र साहिदको ‘जर्सी’ एउटै मितिमा रिलिज हुदै

एजेन्सी

एजेन्सी

मुम्बई
News Image
• • •

सन् २०२१ को तिहारमा नायक अक्षय कुमार अभिनित चलचित्र ‘पृथ्वीराज’ रिलिज हुने पक्का भएको छ।

यशराज ब्यानरले सन् २०२१ मा आधा दर्जन चलचित्र रिलिज गर्ने तयारी गरेको हो।

नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’ को पनि निर्माणपक्षले यही मितीमा प्रदर्शन गर्ने तय गरेको थियो। बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने पर्वको रुपमा पनि हेर्छन्।

यसैले पनि साहिद कपुरको अभिनय रहेको क्रिकेटको कथामा बनेको चलचित्र ‘जर्सी’को निर्माणपक्षले तिहारलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरेको थियो।

सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएपछि बक्स अफिस भिडन्त पनि पक्का जस्तै छ।

 

बिहिबार, फाल्गुण ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)