बिएल संवाददाता
सीईओ अशोक शेरचन सीआईबीको नियन्त्रणमा परेलगत्तै सम्पर्कविहिन बनेकी प्रभु बैंककी चिफ बिजनेस अफिसर(सीबीओ) रश्मी पन्त कार्यालयमा हाजिर भएकी छन्।
बैंक उच्च स्रोतका अनुसार सीबीओ पन्त सोमबार कार्यालयमा हाजिर भएकी हुन्। एकसाताअघि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनसहित तीन उच्च पदस्थलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेलगत्तै उनी सम्पर्कविहिन थिइन्।
बैंकको विभिन्न अनियमितता प्रकरणमा मुछिएकी पन्तले आफू पनि पक्राउ पर्ने डरले सुटुक्क उपत्यका छोडेकी थिइन्। आफन्तको विवाहको बहानामा कञ्चनपुर पुगेकी पन्त त्यसयता बैंककै कर्मचारीको समेत सम्पर्कमा थिइनन्।
अहिले भने आफूले ‘बाहिर सबै सेटिङ मिलाइसकेको’ भन्दै पन्त कार्यालयमा उपस्थित भएको बैंकका कर्मचारी बताउँछन्।
एक कर्मचारी भन्छन्, ‘सबै कुरा मिलिसकेको भन्दै उहाँ (सीबीओ पन्त) अफिस हाजिर हुनुभएको छ। सीईओ नभएकाले अब बैंक नै आफैंले चलाउने तयारी गर्नुभएको सुनिन्छ। होला पनि। बढुवामा उहाँजतिको भाग्यमानी सायदै कोही होलान्। यसै पनि आगामी आर्थिक वर्षबाट उहाँ डीसीईओ बन्ने चर्चा त यसअघि नै थियो।’
बैंक स्रोतका अनुसार रश्मी पन्त यतिबेला सीईओ शेरचनसहित डीसीईओ मणिराम पोखरेलसमेत सीआईबीको छानबिनमा रहेकाले यही मौकामा डीसीईओमा फड्को मार्ने दाउमा छिन्।
जसका लागि उनले सञ्चालक समितिदेखि राष्ट्रबैंकसम्म लबिङ थालिसकेको कर्मचारीहरू बताउँछन्। केही समयअघि नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीमार्फत उनले राष्ट्रबैंकका गभर्नरसम्म सेटिङ मिलाइसकेको चर्चा थियो।
तर, अधिकारी भ्रष्टाचार प्रकरणमा कारागार चलान भएपछि रश्मी अप्ठ्यारोमा परेकी छन्। तर, सबै सेटिङ मिलाइसकेको भन्दै एकाएक कार्यालय हाजिर भएपछि कर्मचारीहरू नै छक्क परेका छन्।
सीआईबी स्रोतका अनुसार सीबीओ पन्तमाथि पनि अनुसन्धानको सुई सोझिँदै छ। उनी जुनसुकै बेला पक्राउ पर्न सक्ने सीआईबी स्रोत बताउँछ।
यता बैंककै कर्मचारी पनि पन्त फरार रहेको हल्ला चिर्न मात्रै कार्यालय हाजिर भएको आशंका गर्छन्। सीआईबीले छापा हान्ने डरले भोलिदेखि उनी कार्यालय आउँछिन् वा आउँदिनन् भन्न नसकिने उनीहरू बताउँछन्।
एक कर्मचारी भन्छन्, ‘उहाँ कार्यालयमा हाजिर भएको खबर सीआईबीसम्म पुगिसक्यो छ। भोलिदेखि आउनुहुन्छ आउनुहुन्न थाहा छैन।’
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया