
देशसञ्चार
विश्वमा कोरोनाको लहर कायमै छ, दक्षिण एसिया र हाम्रो देशमा पनि। यद्यपि हाल यो केही ओरालो लाग्ने क्रममा छ। गत वर्ष मार्च (March) महिनाको पहिलो सातादेखि विश्वमा कोरोना संक्रमण क्रमसः बढ्दै जाने क्रम सुरु भई हालसम्म यसको यात्रा निरन्तर मात्रै रहेन बल्कि बढ्दो क्रममा रह्यो।
गत वर्ष मार्चभन्दा पहिला कोरोना संक्रमण मुलत चीन र दक्षिण कोरियामै सीमित थियो भने अन्य दक्षिणपूर्बी एसियाली देशहरुमा फाटफुट मात्रै देखा परेका थिए। मार्चको सुरुवातीसँगै कोरोना संक्रमण यूरोप र त्यसको करीब दुई साता पछि अमेरिकामा अचानक सुरु भई प्यान्डेमिकको रुप लियो र WHO ले मार्च ११ मा कोरोना सर्ब महामारी (World Pandemic) घोषणा गर्यो ।
WHO का अनुसार पछिल्लो समयसम्म विश्वमा जम्मा एघार करोडभन्दा बढीलाई यो संक्रमण लागि सकेको छ भने झन्डै २५ लाख जति मानिसले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। अर्थात् हालसम्मको विश्वको समग्र कोरोना मृत्युदर करीब २.२७% रहेको छ। यसरी दैनिक संक्रमण हुने क्रममा हालसम्मकै सबैभन्दा उच्च दैनिक संक्रमण, WHO का अनुसार,गत वर्षको डिसेम्बर (December) २० का दिन एकै दिन ८, ४३, ४२५ जनामा नया संक्रमण देखिएको थियो भने त्यस पछि यस वर्ष जनुवरी (January) १०का दिन एकै दिन ८,३६,३६८ जनामा दोस्रो सबैभन्दा बढी दैनिक संक्रमण देखिएको थियो।
गत वर्ष मार्चभन्दा पहिला विश्वमै दैनिक तीन देखि चार हजार संक्रमण देखिएका थिए भने गत वर्षको अन्त्य र यस वर्षको सुरुवातमा दैनिक आठ लाखभन्दा धेरै संक्रमण देखापरी यसले कीर्तिमान बनायो। तर हाल झन्डै डेढ महिनादेखि यो क्रम घट्दो छ र पछिल्लो समय यो संख्या दैनिक तीन लाख देखि साढे तीन लाखका बीच सीमित हुन पुगेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया