एक हमलामा परी इटालीका राजदूतको हत्या 

Photo : amarujala
Photo : amarujala

एक हमलामा परी इटालीका राजदूतको हत्या भएको छ।

कंगोमा आज स्थानीय समयानुसार बिहान १०ः१५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो। राजदूत अटानासियो सन् २०१७ देखि कंगोमा कार्यरत थिए।

हमला लगत्तै उनलाई अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरिसकेपछि उनको मृत्यु भएको स्पष्ट भएको हो। 

कंगोको विदेश मन्त्रालयले उक्त घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति: : 2021-02-22 21:36:00

प्रतिकृया दिनुहोस्