सरकारी विद्यालयमा १५ रुपैयाँको खाजा : मेनु आकर्षक तर पुर्‍याउँछन् कसरी?

पहिलोपोष्ट

काठमाडाै‌ं

काठमाडौं : सरकारले देशभरका सामुदायिक विद्यालयका निम्न माध्यमिक तहका विद्यार्थीलाई खाजा खुवाउन थालेको छ। प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थीलाई दिउँसोको खाजा स्कूलमै दिने कार्यक्रम सुरु भएको हो। त्यसका लागि सरकारले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँछ।

विद्यालयका विद्यार्थीको लागि दिवा खाजा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र समानताको पक्षबाट महत्वपूर्ण रहेको भन्दै दिउसो विद्यालयमै खाजा खुवाउने योजना अघि सरेको थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको सहजिकरण पुस्तिकामा उल्लेख भए अनुसार, नेपालमै गरिएको एक अध्ययनले पोषणयुक्त दिवा खाजामा गरेको एक रुपैयाँ लगानीबाट विद्यार्थीको जीवनमा ५.२ गुना आर्थिक लाभ हुने निचोड निकालेको थियो।

विद्यालयमा खुवाइने दिवा खाजा सबै बालबालिकाका लागि एउटै गुणस्तरको हुने भएकाले पनि समावेशी पक्षबाट यस योजनालाई महत्वपूर्ण ठहराइएको छ।

त्यसैले कर्णालीका विद्यार्थीलाई दैनिक २० रुपैयाँ र अन्य सबै ठाउँका विद्यार्थीलाई १५ रुपैयाँका दरले खाजाका लागि रकम उपलब्ध हुन थालेको पनि छ।

प्रकाशित मिति: : 2021-02-27 17:55:00

प्रतिकृया दिनुहोस्