
बिएल संवाददाता
झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्नुहुने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए।
तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा रु ६०० करोड लगानी भएको उनले जानकारी दिए। अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो।
बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ। उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने प्रसाईँले बताए।
बीएण्डसी अस्पतालका निर्देशक प्रा डा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पताल मुलुककै नमूना अस्पताल भएको बताए। क्यान्सरको रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने भएकाले अब नेपालीले विदेश धाउनु नपर्ने उनले बताए।
अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। रासस
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया