सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

बिएल संवाददाता

काठमाडाै‌ं

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए।

विप्लव समूहको वार्ता टोली मंगलबार नै काठमाडौं आइपुगेको थियो।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए। 

सरकारका तर्फबाट गृहमन्त्री थापा र चन्द समूहका तर्फबाट विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो।

हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो।



सरकार र विप्लव समूहबीच वार्ता शुरु


सरकार र विप्लव समूह दुवै पक्षले बनाए वार्ताटोली

प्रकाशित मिति: : 2021-03-03 11:20:00

प्रतिकृया दिनुहोस्