बिहिबार, ३१ जुलाई २०२५

नेकपाबारे ‘विप्लव’को यस्तो छ दृष्टिकोण

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

सरकार र विप्लव समूहबीच वार्ता सुरु भएको छ। वर्तमान सरकारले नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो। यसबीचमा सरकारले विप्लप समूहका कयौं नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको छ।

एक्कासी सरकार र विप्लव समूहले वार्ता टोली गठन गरे। सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोकतत्वमा र विप्लव समूहले ‘प्रकाण्ड’को नेतृत्वमा दुई–दुई सदस्यीय वार्ता टोली गठन गरे।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच बुधबार वार्ताको सुरुवात भएको छ। वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिलाका सल्लाहकार राजन भट्टराईले जनाएका छन्।

दुवै पक्ष अहिले वार्ताको टेबलमा आएका भए पनि यसअघि दुवैले एक अर्कामाथि हेर्ने दृष्टिकोण, एक अर्काप्रतिको सोचमा ठुलो अन्तर देखिन्थ्यो। यतिमात्र होइन, प्रतिवन्धित नेकपाका महासचिव विप्लवले त प्रधानमन्त्री ओलीलाई ‘प्रतिक्रान्ति’का अगुवाका रुपमा समेत परिभाषित गरेका थिए।

बिहिबार, फाल्गुण २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)