शुक्रबार, ०१ अगस्ट २०२५

एनआरएन क्यानडाका दुई विज्ञप्तिहरुको प्रकाशनबारे छानविन गर्न माग

NRNcanada
• • •

क्यानडामा रहदै नेपालीहरुले एनआरएन क्यानडाले सार्वजनिक गरेका पछिल्ला २ विज्ञप्तीबारे आपत्ती जनाएका छन्। एउटै सस्थांबाट दुई फरक विज्ञप्ति आएको भन्दै एनआरएन क्यानडाप्रति आपत्ती जनाएका हुन्। 

बिमला सापकोटा, तुल्सी सापकोटा, अभिमन्यु बस्नेत, देवेन्द्र सुवेदी, अनिल थापा, माधव दुलाल, रमेश बानियाँ, राजकुमार महत, अन्जानी भट्टराई, बुद्धिप्रकाश ओली, दिपक गौतम लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको बताएका हुन्।

फेब्रुअरी २१ मा संस्थाका महासचिव र प्रवक्ताले जारी गरेको विज्ञप्तीमा एनआरएन क्यानडाले प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेको र त्यसको २ हप्ता नबित्दै  अध्यक्षको नामबाट जारी गरिएको विज्ञप्तिमा प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरिएको बताईएको छ। 

संयुक्त विज्ञप्तिमा भनिएको छ, '२ विज्ञप्तिबाट मात्रै पनि एनआरएन क्यानडा कस्तो विधि र प्रकृयाबाट चलेको छ? निर्णय प्रकृया कसरी हुने गर्दछ भन्ने कुराको अड्कल काट्न सकिन्छ।'  

साथै उनीहरुले २ वटा धारणाका विज्ञप्तीहरुको प्रकाशनबारे छानविन गर्न माग गरेका छन्। 

शनिबार, फाल्गुण २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)