
रासस
कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ दोस्रो भाग सार्वजनिक भएको छ।
यसअघि राजभण्डारीको ‘पाश्चात्य कला : संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशन भइसकेको छ।
चित्रकार तथा कला अध्यापक राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन्। राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त उनी नेपाल सरकारको निशानाछापको मुख्य डिजाइनरसमेत छन्।
सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको पुस्तकमाथि टिप्पणी गर्दै कलाकार तथा कलालेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढङ्गले बुझ्न पुस्तकले सघाउने विचार व्यक्त गरे।
उनले पुस्तकमार्फत युरोपको राजनीतिक तथा सांस्कृतिक परिवर्तनसँगै कलामा देखिएका नयाँ आधारलाई कलाले अङ्गिकार गरेका विषयसमेत थाहा पाउन सकिने जिकिर गरे।
प्रा डा अभि सुवेदीले पश्चिमी कलाका बारेमा नेपालीमा खासै पुस्तक नलेखिएकाले सो पुस्तक निकै महत्वको बताए।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहासलाई उजागर गरेको तथा कलाका विभिन्न शैलीलाई तथ्यपरक ढङ्गले पुस्तकमा चित्रण गरिएको विचार व्यक्त गरे।
पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको धारणा व्यक्त गरे। लेखक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्व रहेको बताए।
डा गीता त्रिपाठीले कृतिको भाषिक पक्ष राम्रो रहेको बताउँदै कलालाई नजिकबाट नियाल्न र यसका विविध पाटाका बारेमा जान्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे।
पुस्तकका लेखक राजभण्डारीले कृति नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि एउटा पाठ्यसामग्री हुने विश्वास व्यक्त गरे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया