
बिएल संवाददाता
तारकेश्वर नगरपालिका–३ स्थित ऐतिहससिक तथा धार्मिक तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ।
जीर्णावस्थामा पुगेको मन्दिर काठमाडौँ महानगरपालिका र नगरपालिकाको रु दुई करोडको लागतमा पुनःनिर्माण भएको हो।
काठमाडौँ उपत्यकाको उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मन्दिर जितपुरफेदीबाट अल्ले ब्यारेक हुदैँ पुग्न सकिन्छ।
प्राकृतिक सौन्दर्यको खानी शिवपुरी पर्वतमालाको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो जहाँ जनैपूर्णिमाको दिन ठूलो मेला लाग्छ।
पहारामा रहेका तारकेश्वर महादेवको पूजार्चना गर्न थुप्रै भक्तजन जाने गर्छन्। पहरामा रहेको महादेवको पूजा गर्न राखिएको फलामे भ¥याङ पनि जीर्णावस्थामा पुगेको थियो।
नगरपािलकाका प्रमुख रामेश्वर बोहराले ऐतिहासिक तथा धार्मिकस्थलको थप संरक्षण र व्यवस्थापन गर्न नगरपालिकाले पहल गर्ने बताए।
जीर्ण मन्दिरको पुनःनिर्माण भएसँगै मन्दिर क्षेत्रमा ढुङ्गाको सिँढी, फलामको भ¥याङ, पानीपोखरी, कुण्ड, पाटी, व्यवस्थित शौचालयका साथै बस्नका लागि फलामको कुर्सीसमेत निर्माण गरिएको छ।
तारकेश्वरबाट करीब एक घण्टा उकालो चढेर द्यौलेश्वर महादेवको शिवलिङ्गमा पुग्न सकिन्छ जहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
नगरपालिकाका उपप्रमुख भवानी डोटेलले मन्दिरको सरसफाइ र सुरक्षाका लागि नगरपालिकाले तत्काल आवश्यक व्यवस्था गर्ने जानकारी दिए। रासस
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया