गाउँको दुःख दुर गर्ने 'डोल्पाको इतिहास' अर्थात् 'ढुम्छ्य पुजा' (भिडियाेसहित)

जब देश तथा विदेशमा आपत्त–बिपत्तका घटना घट्छन्, त्यसको पिडाले दुर दराजको डोल्पालाई पिरोल्ने गर्छ।

डोल्पाको सदरमुकाम दुनैमा अकालमै मृत्यु भएकाहरुको आत्मको शान्तिको कामना गर्दै शान्ति पुुजा गरिन्छ। साथै बिपत्तका घटनालाई न्यूनीकरणको लागि भन्दै पुजाआजा समेत गरिन्छ। 

यो काम गर्ने एक समाजसेवी हुन्, डोल्पा बैजीबाराका समाजसेवी खेम्पो घेसे निमा कुुन्क्याप।

जसले बुद्ध धर्ममा ज्योजीशी शास्त्रमा पिएचडी गरेका छन्। 

देश, विदेश र जिल्लाबासीको भलो चिताउदै उनले आफ्नो खल्तीको रकम खर्चेर समाजसेवामा लागेको बताउँछन्।

उनै खेम्पोको अगुवाईमा सधैँ झैँ यस वर्षको ढुम्छ्य पुजा सम्पन्न भएको छ।

डोल्पाको काईके गाँउपालिका वडा नं। ५ बैजीबारामा बसोबास गर्ने बोन धर्मावलम्बीले परापुर्वकाल देखि मनाउदै आएको यस वर्षको ढुम्छ्य पुजा सम्पन्न भएको हो।

यस गाउँको  ढुम्छ्य पुजा यसै गाउँको परम्परा अनुसार वर्षको अन्तिम महिना  पुस महिनामा सम्पन्न  गरिन्छ।

बैजीबारामा रहेको करिव ४ सय वर्षको इतिहास बोकेको  युङडुङ शुग्छल गुम्बामा प्रत्येक साल यो पुजा लगाइन्छ। 

बोन धर्मवलम्बीहरुको वर्षको अन्तीममा यो पुजा लगाइन्छ।

बोन धर्मावलम्बीको परम्परा अनुसार ढुम्छ्यको मुख्य  देवतालाई हिताम वाल्साई ङाम्पा भनिन्छ।

यो पुजा लगाउनुको मुख्य कारण वर्षभरीको गरह दर्सा फाल्नु र नयाँ आउने वर्षमा कुनैपनि नराम्रो नहोस, र कुनैपनि नागरिकले आपत्त बिपत बेहोर्न नपरोस भन्नका लागी हो।

गुम्बाका खेम्पो घेसे निमा कुन्क्यापका अनुसार यो पुजा पहिला एक महिना सम्म लगाइन्थ्यो। 

गाउँलेहरुले पुजाको तयारी करिव ३ महिना अघि देखी गर्थे। जब गाउँमा आन्तरिक कलह तथा गाउँ विभिन्न पार्टीमा विभाजन भयो– त्यसको असर यो पुजालाई पनि पर्यो। एक महीनासम्म लगाईने पुजा एक सातामा झारियो।

यो पुजामा पुरै गाँउलेहरुले मिलेर काम गर्छन्।  

एक सातासम्म चल्ने पुजामा गुम्बाका प्रमुख लामा देखि लामा शिक्षा पढ्दै गरेका र पढी सकेकाहरुले पुजापाठ गर्छन्। यो पुजालाई बैजीबारा बासीले मात्र हैन अन्य आसपासका मानिसले पनि मान्ने गर्छन, र सहभागी पनि हुन्छन्।

एक सातासम्म गुम्बामा पुजापाठ गरिन्छ। अनि अन्तीमको दिन रातभरी पुजापाठका साथै लामा नाचहरु देखाइन्छ, र अन्तीम रात सेता घोडा नाच देखाएर पुजाको अम्तीम रुप दिइन्छ र भोलीपल्ट बिहानैबाट फेरी दिनभर लामा नाचसँगै पुजापाठ गरिन्छ। अनि त्यो दिन पुजामा आएकाहरुलाई भोज खान दिइन्छ।

दिनभरीको लामा नाच तथा पुजापाठ पछि बेलुका वर्षभरिको ग्रह दशा हटोस भन्ने मान्यता अनुसार धोक्पालाई प्रमुख लामा तथा अन्य लामाहरूले लामा नाचका साथै पुजापाठ गरि फाल्ने गरिन्छ ।

यो वर्षको ढुम्छ्य पनि त्यसैगरी मनाइयो।

खेम्पो घेसे निमा कुन्क्यापका अनुसार वर्षमा यस्तो शक्तिशाली पुजा तिन ओटा लगाइन्छ, त्यस मध्येको ढुम्छ्य प्रमुख पुजा हो। यसले वर्षभरीको गरह दशासँगै मान्छेको नराम्रो सोचलाई राम्रो तुल्याउने र आगामी वर्ष राम्रो चरणमा प्रवेश गर्ने बिश्वास छ। 'यो पुजाको महत्व धेरै छ, देशमा चलेको द्धन्द र गाँउमा केहीले राजनीतिका कारण यो पुजालाई बन्द गर्ने खेल भयो, तर हामीले बन्द गर्न दिएनौ' –खेम्पो कुन्क्यापले भने।

ढुम्छ्यलाई हामीले सम्मान गर्नुपर्छ यो हाम्रो पुर्खादेखि चल्दै आएको र मान्दै आएको धर्म हो, हामीले यसलाई हेला गर्नु हुदैन, बरु हामीले यसलाई संरक्षण गर्नुका साथै धुमधामका साथ मनाउनु पर्छ, यसले नराम्रो सोचाईलाई फाल्छ, राम्रो सोचाईलाई ल्याउछ, सबैको सोचाई राम्रो भएमा गाँउ बन्छ, खेम्पो कुन्क्यापले भने।

बैजीबारासँगै गरिव डोल्पालीलाई शिक्षासँगै आधारभुत आवश्यक्ता पुरा गर्न आफ्नो सर्वश्व सुम्पेका खेम्पोको अगुवाईमा यस वर्षको ढुम्छ्य पुजा सम्पन्न भयो।

बैजीबारालाई बनाउनु र बैजीबाराको शिरमा रहेको ४ सय वर्ष पुरानो गुम्वाको बिकासनै आफ्नो सपना देख्ने खेम्पोलाई बैजीबाराबासीले  पनि साथ दिएका छन्।

प्रकाशित मिति: : 2021-03-11 17:50:00

प्रतिकृया दिनुहोस्