कुसुम गौतम
१.
धर्ती रङ्गिएको छ शहीदको रगतमा
हजारौँ अनाथ भेटिए खूनको लतपतमा
चित्कारै चित्कार गुञ्जिएको ऋतुराज
कहाँ रम्न सक्ला प्रकृति यो वसन्तमा।
२.
प्राणभन्दा प्यारो,देशका लागि लड्नेहरू
बारुद- बन्दुकमाझ,देशकालागि डट्नेहरू
नि: शब्द छु तिम्रा वीर गाथा कार्यहरूप्रति
अमर छौ मनमा,देशका लागि मर्नेहरू।
३.
यता देशको हाल नाजुक छ,उता तानाशाहको अत्याचार
लाग्दैन आमा! तिम्रो सपूतको बलिदान विना यो देश पार
त्यसैले नरोक आज मलाई,क्रान्तिको बिगुल फुक्न देऊ
हरेक आमाका सन्तान जुटेमात्र, बन्छ मुठ्ठीको आकार।
४.
यस पालिको होरीमा सँगै भिज्ने बाचा गरौँ
अशान्त भो देशको छवि,शान्त पार्ने मन्त्र छरौँ
निर्मूल पार्नुपर्छ प्रिय! तानाशाही सत्तालाई
विजयको झण्डा लहराएर,मर्न परे सँगै मरौँ।।
५.
मन दुख्छ,शब्द लुक्छ कलम पनि रोएको छ
अविरल बग्ने आँशु-धारा चोटहरू धोएको छ
मानवता गुमाइसके कंसका प्रजातिहरूले
प्रत्येक प्रजाको मनभित्र,हीनताले छोएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया