बुधबार, ३० जुलाई २०२५

महन्थको 'मनोदशा'बाट जसपा नियाल्दा

News Image
• • •

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको दिनदेखि जनता समाजवादी पार्टी (जसपा) शक्तिको ‘केन्द्र’मा छ। सबैभन्दा बढी चलायमान पनि जसपा नै बनिरहेको छ। शीर्ष नेतृत्वले बालुवाटार, पेरिसडाँडा र बूढानीलकण्ठको चक्कर हरेक दिनजसो लगाइरहेको छ। 

संसद्को चौथो ठूलो दल जसपा एक्कासी निर्णायक शक्ति बनेपछि जति उत्साहित थियो, पछिल्ला दिनमा उत्साहको पारो ओरालो लाग्दै गरेको छनक नेताहरू दिन थालेका छन्। 

शनिबार माओवादी केन्द्रसँग छलफल गरेर निस्किँदै गर्दाको जसपा अध्यक्ष महन्थ ठाकुरको मनोदशा केलाउँदा परिस्थिति अनुकुल नबनेको देखिन्थ्यो। ठाकुरको मनोदशा र उनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियालाई विश्लेषण जसपाले आफूले आफैंलाई शक्तिको केन्द्रमा देख्न छाडेको छ।

उसलाई यही परिस्थितिमा माग पूरा गर्ने आश्वासनको अर्थ समेत नरहेको अनुभूति हुन थालेको छ। त्यसैले बैठकबाट तय गरिएका माग भन्दा एक कदमअघि ‘मिसन प्रधानमन्त्री’ उसको लक्ष्य रहेको संकेत मिल्न थालेका छन्। 

आइतबार, चैत्र ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)