अस्ट्रेलियामा गुमनाम छोरालाई आमा बाबुको सन्देश- बाबु फर्केर घर आउ...

सेतोपाटी

सिड्नी

सन् २०१४ मा उनीहरूले निकै ठूलो सपना देखेका थिए। महिना जनवरी भए पनि रामबहादुरले छोरालाई कम्प्युटर इन्जिनियर पढाउन अष्ट्रेलिया पठाएको गते बिर्सिए।

एउटा मात्र छोरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दा तीन वर्षपछि कम्प्युटर इन्जिनियर बनेर छोरो स्वदेश फर्कनेछ। अनि सबै परिवार हाँसीखुसी जीवन विताउने उनको ठूलो सपना थियो।

१२ कक्षा पास गरेको छोरो सन्देश (नाम परिवर्तन) लाई उच्च शिक्षाका लागि विदेश पठाएका बाबु राम बहादुरका लागि सम्झन पनि गाह्रो हुन्छ।

सिड्नीको कुनै निजी उच्च शिक्षालयबाट आइटीमा ब्याच्लर पढ्न गएका छोरो आज सात वर्ष बितिसक्दा पनि घर फर्किएको छैन।

‘त्यति मात्र होइन उसको पढाइ र गुनाइको त कुरै छाडौं, अचेल एक वर्ष जति भयो सम्पर्कमा पनि आउन छाडेको छ’, बाबु राम बहादुरले भने।

अष्ट्रेलिया आएको दुई तीन वर्ष राम्रो पढे, केही कमाए अनि घरमा पठाए पनि। लगातार घर परिवारसँगको सम्पर्कमा रहने यी युवा यतिखेर कहाँ र कुन हालतमा के गर्दै छन् परिवारलाई पत्तो छैन।

प्रकाशित मिति: : 2021-03-21 12:39:00

प्रतिकृया दिनुहोस्