मङ्गलबार, २९ जुलाई २०२५

जसले सयौं मानिसलाई कोशीमा डुब्नबाट बचाए...

आयोमेल

आयोमेल

काठमाडाैं
News Image
• • •

अनिता श्रेष्ठ  

उमेरले २१ वर्ष लागेका सीतारामकुमार मण्डल झट्ट हेर्दा ३० वर्ष कटेजस्तै देखिन्छन्। 

अनुहारमा दाह्री र घरको जिम्मेवारी। उनी उमेरभन्दा पाको देखिने कारण यिनै हुनसक्छन्। 

तर, आफ्नो उमेरभन्दा पनि निक्कै ठूला काम गरेका छन् उनले। 

कोसी ब्यारेजमा डुङ्गा चलाउँछन् मण्डल। १२ वर्षदेखि यही काम गर्दै आफू र आफ्नो परिवारको जीविका चलाउँदै आएका छन्। तर, उनको काम डुङ्गा चलाउनमा मात्र सीमित छैन। 

उमेर सानै भए पनि सयौं मानिसहरुलाई कोशीमा डुब्नबाट बचाएका छन् उनले। आफ्नो पौडी खेल्ने सीपको माध्यमबाट।

हरेक वर्षायाममा आउने बाढीले गाउँ नै बगाउँदा आफ्नो ज्यान हत्केलामा राखेर मानिस बचाउन हिँड्छन् उनी। 

अरु कसैले वाहवाही या सम्मान गर्ने लोभ उनीमा छैन। तर, नदीमा डुबेका जोकोहीलाई पनि हामफालेर बचाउँछन्। 

‘१२ वर्षको अवधिमा झण्डै २ देखि ३ हजार मानिसहरुलाई कोसीमा डुब्नबाट बचाएको छु,’ उनले भने। 

उनलाई अझै पनि याद छ, २००८ को भयानक बाढी। उनको घर गाउँ (कोशी गाउँपालिका, सुनसरी) सबै डुबानमा परेको थियो। उनले हरेक वर्ष वर्खामा उर्लिएको कोशीको भिडियोलाई मोबाइलमा कैद गरेर राखेका छन्। 

आइतबार, चैत्र ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)