शुक्रबार, ०१ अगस्ट २०२५

नेपाल वायु प्रदूषणः काठमाण्डू उपत्यकाको तुवाँलोले 'फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव', जोगिने उपाय यस्ता

बिबिसी

बिबिसी

काठमाडौं
News Image
• • •

काठमाण्डू उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्।

केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो। शनिवार पनि उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ।

उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।

चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ।

शनिबार, चैत्र १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)