अमेरिकामा ‘डिभोर्स’ पछिको नयाँ विवादः फ्रिज गरिएको भ्रुणमाथि कसको अधिकार?

संजोग आचार्य

न्युयोर्क 

सामान्यतया पारपाचुके भएपछि विवाहित दम्पत्तिसमक्ष एउटै विवाद हुने गरेको छ। त्यो हो, उनीहरूबाट जन्मिएको बच्चाको हेरविचार कसले गर्ने।

अमेरिकामा एउटा यस्तो विवादले जन्म लिएको छ- जो बच्चाप्रति आफ्नो अधिकार प्राप्त गर्न लडिरहेका छन्, जसको जन्म पनि भएको छैन। 

अमेरिकामा भ्रुण फ्रिज गराउनु फेसन जस्तै बन्दै गइरहेको छ। छुट्टिनेबेला फ्रिज भएको भ्रुणमाथिको अधिकार कोसँग रहने विषय अहिले विवादको चुरो बनिरहेको छ।

कोरोना महामारीका कारण देशमा भएको लकडाउनका कारण आइवीएफ पद्धतिबाट बच्चा जन्माउनेको होड बढेको छ। यसैकारण अहिले यो विषयमा कानुनी सल्लाह लिनेको संख्या पनि बढ्न थालेको छ। 



पैसाको अभावमा अमेरिकामा एक करोड विद्यार्थी कलेज भर्ना हुनबाट बञ्चित



सार्वजनिक रूपमा भ्रुणमाथिको अधिकारलाई लिएर त्यतिबेला बहस सुरु भयो, जब अदालतले अभिनेत्री सोफिया वेर्गाराका पूर्व प्रेमी निक लोएवविरूद्ध निर्णय गर्याे। लोएवले अदालतमा आफ्नो भ्रुणको स्वामित्व माग गरेका थिए। 

धेरै मुद्धामा यो स्पस्ट हुनसकिरहेको छैन, भवितब्य दुई मध्ये कुनै एक साथीको मृत्यु भयो वा मानसिक सन्तुलन गुमाए भने छुट्टिएर बस्ने निर्णय कसले गर्ने? सिलिकन भ्यालीका चर्चित वकिल मोनिका मेजेजीका अनुसार पारपाचुकेपछि प्रेमी वा प्रेमिकामध्ये कसैले भ्रुणबाट बच्चा पाउने इच्छा गर्याे भने यसले असमञ्जस परिस्थितिको निर्माण गर्नेछ। 

एनवाययु लेङ्गोन फर्टिलिटी सेन्टरका डाक्टर ब्रुक होड्स वर्ट्स भन्छन्, ‘कम्पनीले फर्टिलिटी उपचारमा बिमाको योजना समावेश गर्दैछ। यसैकारण धेरै दम्पत्ति यो विकल्पको चयन गरिरहेका छन्। तर, आफ्नो सम्बन्ध अनिश्चित छ भने दम्पत्तिहरूले भ्रुणलाई फ्रिज गरिरहनु उपयुक्त हुँदैन।’ 

यो समस्या भोगिसकेकाहरू कागजी प्रक्रियामा स्पस्टसँग दुवैको अधिकारलाई समानढंगले परिभाषित गरिनुपर्ने बताउँछन्। नभए भावनात्मक र आर्थिक चुनौति खेप्नुपर्ने उनीहरूको भनाई छ। 



नेपालमा ‘विमान अपहरण’ पछि छुटेका उमर शहिद शेखलाई कडा सजाय हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको दबाब



अमेरिकाको सबैभन्दा व्यस्त न्युयोर्क विश्वविधालयको लेङ्गोन फर्टिलिटी सेन्टरमा गत वर्ष जुनदेखि डिसेम्बरसम्म २०१९ को तुलनामा ३० प्रतिशतले उपचार गर्न आउने मानिसको भिड बढेको थियो। सियाटल रिप्रोडक्टिभ मेडिसन सेन्टरमा यसबीच १५ प्रतिशतले बिरामी बढेका थिए।

नोक्सविलेस्थित सबैभन्दा ठूलो एम्ब्रियो डोनेशन सेन्टरमा १० देखि १३ लाख एम्ब्रियो जम्मा छ। एक दशकको बीच भ्रुण डोनेशन गर्नेको संख्या ५ देखि ७ लाखसम्म बढेको छ।

सान फ्रान्सिस्कोकी फिजिसियन तथा पियानिस्ट डा. मिमी लीको भनाई अनुसार उनले क्यान्सरको उपचार सुरु गर्नुअघि श्रीमानसँग मिलेर ५ वटा स्वस्थ्य भ्रुण फ्रिज गरेकी थिइन। तीन वर्षपछि दुबैको पारपाचुके भयो। यसपछि डा. लीले जम्मा भएको भ्रुणबाट बच्चालाई जन्मदिने योजना बनाएकी थिइन। तर, उनको पूर्व श्रीमानले मुद्धा दायर गरेर उनलाई आमा बन्नबाट बञ्चित गरे।

यतिबेला न्यायाधीसले ली दम्पत्तिले छुट्टिनुअघि फर्टिलिटी क्लिनिकमा दस्तावेजमा संयुक्त हस्ताक्षर गरेका कारण भ्रुण प्रयोगमा पनि दुबैको सर्वसहमति आवश्यक पर्ने निर्णय सुनाएका थिए।

प्रकाशित मिति: : 2021-04-07 08:12:00

प्रतिकृया दिनुहोस्