डिल्ली पाण्डे
डोल्पाको काईके गाँउपालिका वडा नं. ५ बैजीबारामा करिब ४ सय वर्ष पुरानो ऐतिहासिक युङडुङ शुछल गुम्बा छ।
जहाँ बोन धर्मालम्बीले परापूर्वकालदेखि प्रत्येक वर्षको अन्तिममा ढुम्छ्य पूजा लगाउँदै आएका छन्।
गाँउको परम्परा अनुसार ढुम्छ्य पूजा हरेक वर्षको पुस महिनामा लाग्छ। ढुम्छ्यको मुख्य देवतालाई 'हिताम वाल्साई ङाम्पा' भन्ने मान्यता पनि छ।
वर्षभरीको ग्रहदशा फाल्न, नयाँ वर्षलाई शुभ बनाउन र सबैको खुशीको लागि प्राथनासहित यो पूजा लाग्ने गरेको पाइन्छ।
गुम्बाका खेम्पो घेसे निमा कुन्क्याप भन्छन्, ' यो पूजा पहिले एक महिनासम्म लाग्थ्यो। ३ महिना अघिदेखि नै गाउँलेहरु पूजाको तयारीमा जुट्थे। माओवादी द्धन्द्ध र केही व्यक्तिका कारण पूजा एक सातामा झारिएको छ।'

अहिले गुम्बामा एक सातासम्म पूजा लाग्छ। पूजाको अन्तिम दिन लामा नाचहरु प्रस्तुत गर्ने प्रचलन छ। दिनभर लामा नाचसँगै पूजापाठ गरिन्छ। पूजामा सहभागीहरुलाई भोजन गराईन्छ।
दिनभरीको लामा नाच तथा पूजापाठसँगै अन्तिम रात सेतो घोडा नाच देखाएर पूजालाई अन्तिम रुप दिइन्छ। गुम्बाका प्रमुख लामा, लामा शिक्षा पढ्दै गरेका र पढी सकेकाहरुले पूजा गर्ने प्रचलन छ।


यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया