आइतबार, ०३ अगस्ट २०२५

एमाले महोत्तरीको अध्यक्षमा बलम्पाकी

News Image
• • •

नेकपा (एमाले)का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी महोत्तरी एमालेको जिल्लाको अध्यक्षमा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीको अध्यक्षतामा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले बलम्पाकीलाई महोत्तरी जिल्ला अध्यक्षसँगै जिल्लाको सहईञ्चार्जमा नियुक्त गरेको हो।

निर्मल लामाले गठन गरेको कम्युनिष्ट वाल सँगठनबाट कम्युनिष्ट आन्दोलनमा लागेका बलम्पाकी नेकपा एकता केन्द्र हुँदै माओवादी जनयुद्दमा लागेका थिए।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको केन्द्रीय सदस्य तथा प्रदेश नं. २ को ईञ्चार्ज हुँदै गृहमन्त्री तथा तत्कालिन  माओवादी नेता रामबहादुर थापा बादल को नेतृत्वमा एमाले प्रवेश गरेका थिए। 

उनी चर्चित जनवादी गायक पनि हुन् ।
 

शुक्रबार, बैशाख १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)