मङ्गलबार, २९ जुलाई २०२५

बनाउँदा-बनाउँदै १८ दिनमा दुई पटक भत्केको पुल

News Image
• • •

आइतबार बिहान चितवनको भरतपुर-१ ठिमुराका पुष्प देवकोटा केराबारीमा औषधी छर्न त्रिशूली नदीमा पानी भर्दै थिए। ड्रम भरिएर बोक्ने सुर गर्दैगर्दा पछाडि टिपरबाट ढुंगा झारेजस्तो ठूलो आवाज आयो। फर्किएर हेर्दा नदीमाथि बन्दै गरेको पुल भत्किँदै रहेछ।

‘मान्छेहरू बगिरहेका थिए, चिच्याइरहेका थिए। म बगरमा दौडिएर त्यहाँ पुग्दा मिनेटभरमा पुल त झर्‍यामझुरूम गइसकेछ,’ देवकोटाले सुनाए, ‘देखेका जति सबै मरें-मरें भनेर चिच्याउँदै थिए।’

बिहान सवा नौ बजेको यो घटनापछि उनले पुल निर्माण व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ पौडेललाई खबर गरे। केहीबेरमा उद्धार सुरू भयो।

सोमबार, बैशाख १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)