‘द प्रोपगन्डा प्राइममिनिस्टर’

हिमाल खबर

काठमाडौं

नेपालको इतिहासमा ओलीका राजनीतिक योगदान के कति छन्, त्यो समीक्षा होला नै। उनी हल्ला र अफवाहको प्रतीकका रूपमा भने भविष्यको लामो कालखण्डमा पनि सम्झिइरहनेछन्।

 

२० वैशाखमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कोरोनाभाइरस (कोभिड–१९) महामारीमा हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहोऔं।’ तर, यथार्थ के हो भने, कोरोनाबारे बेलाबखत प्रधानमन्त्री ओली आफैंले अफवाह फैलाउँदै आएका छन्। जुन विवादास्पद अभिव्यक्तिले विभिन्न प्रतिक्रिया र टीका–टिप्पणी निम्त्याएका छन्।

नेपालमा कोरोनाभाइरसको संक्रमण शुरू भएयता प्रधानमन्त्री ओलीले कम्तीमा पाँच पटक राष्ट्रका नाममा सम्बोधन गरे (७ र २५ चैत २०७६, ७ कात्तिक २०७७, १ र २० वैशाख २०७८)। ती हरेक सम्बोधनमा कोरोनाभाइरस नियन्त्रण र सरकारका उपलब्धिको फेहरिस्त सुनाउन खर्च भएका छन्।

सम्बोधनमा तथ्यपरक जानकारीभन्दा पनि जनतामा भ्रम छर्ने अभिप्राय देखिन्छ। जस्तैः सरकारले इतिहासमै सबैभन्दा बढी उपलब्धि हासिल गर्‍यो, विपक्षीहरूले सरकारलाई देखिसहेनन्, भ्रष्टाचार भएकै छैन, मिडियाले सरकारको राम्रो कामको चर्चा गरेनन् आदि।

यस लेखमा प्रधानमन्त्री ओलीले 'प्रोपगन्डा'को सहारामा नागरिकलाई गुमराहमा राख्न गरेका प्रयासहरूका बारेमा विश्लेषण गरिएको छ।

प्रकाशित मिति: : 2021-05-10 19:49:00

प्रतिकृया दिनुहोस्