राज राेकाया
अरब सागरबाट उठेको चक्रतर्वी तूफान ‘ताउते’को असर मुम्बईमा देखिएको छ।
सोमबारदेखि मुम्बईको समुन्द्री तट र आसपासको क्षेत्र आँधीसहित वर्षाले जलमग्न छ। १४४ किमीको रफ्तारमा चलेको आँधी-भारी वर्षाले पूरै मायानगरी मुम्बई टापू जस्तै देखिन्छ।
यहाँको समथर क्षेत्रमा पानी बाहेक केही छैन। मुम्बईमा हावाको बेग तीब्र रहेको छ। मुम्बईको लोकल रेलवे लाइनमा भारी वर्षाले जताततै पानी भरिएपछि रेल सेवा समेत पूर्णरुपमा बन्द छ। महाराष्ट्रमा हजारौँ मानिसलाई ‘ताउते’ तूफानले दुःख दिएको छ।

रुख ढल्दा सडक रोकिएको छ। मुम्बईबासी एक ठाँउबाट अर्को ठाउँ जान सकिरहेका छैनन्। ‘ताउते’को प्रवेशअघि नै लाखौं मानिसलाई सुरक्षित स्थानमा लैजादा ठूलो मानवीय क्षति नभएको महाराष्ट्र सरकाले जनाएको छ।
‘ताउते’ले मच्चाएको वितन्डाले मुम्बई, कर्नाटक, गोवा, केरलका ठाउँमा १८ जनाको मृत्यु भएको छ। मुम्बईमा मात्रै दर्जन बढीको चक्रतर्वी तूफानका कारण मृत्यु भएको राज्यको गृह मन्त्रालयले जनाएको छ।





प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया