बिहिबार, ३१ जुलाई २०२५

इञ्जिनियरिङको नोट नपाएपछि फुरेको 'स्कलर्स स्पेस'

सेतोपाटी

सेतोपाटी

काठमाडौं
News Image
• • •

निषेधाज्ञामा तपाईंको समय सदुपयोग भएको छैन? यो समयमा कुनै व्यवसायिक सीप सिक्न चाहनुहुन्छ? यसमा तपाईंलाई मद्दत गर्न सक्छ 'स्कलर्स स्पेस' ले। 

स्कलर्स स्पेस एउटा इ–लर्निङ प्लेटफर्म हो। यहाँबाट तपाईंले विभिन्न बीस वटाभन्दा बढी व्यवसायिक सीपहरू सिक्न सक्नुहुन्छ। यसका लागि तपाईं कुनै प्रशिक्षण केन्द्र धाइराख्नु पर्दैन। न शुल्क नै तिर्नुपर्छ। घरै बसेर आफ्नो अनुकूल समयमा स्कलर्स स्पेसमार्फत निःशुल्क सीप सिक्न सकिन्छ।

पछिल्लो समय डिजिटल सिकाइको खाँचो बढ्दै गएको र शिक्षा क्षेत्रमा सामाजिक सञ्जालको आवश्यकता देखिएकाले 'स्कलर्स स्पेस' अघि सारिएको सह-संस्थापक रोहित सेन्चुरी बताउँछन्। 

'हामीले स्कलर्स स्पेसलाई लर्निङ नेटवर्क भन्छौं, यो सिकाइमा आधारित सामाजिक सञ्जाल हो,' कम्पनीका सिइओ समेत रहेका रोहितले भने, 'हामीले व्यवसायिक सीपमूलक शिक्षामा रूचि हुनेहरूका लागि सञ्जाल स्थापना गरेका हौं।'

रोहितका अनुसार स्कलर्स स्पेसमा विभिन्न चार वटा स्पेस छन्- लर्न, ब्लग, इन्ट्रान्स र स्लाइड।

लर्न स्पेसमा सीपहरू सिकाइन्छ। ग्राफिक डिजाइन, भिडिओ एडिटिङ, भिडियोग्राफी, लोगो बनाउने लगायत थुप्रै सीपहरू यहाँबाट सिक्न सकिन्छ।

ब्लग स्पेसमा सिकेका तथा नजानेका कुरा लेख्न सकिन्छ। इन्ट्रान्स स्पेसमार्फत विभिन्न विधाका इन्ट्रान्स पेपरहरू विद्यार्थीले घरै बसेर अभ्यास गर्न सक्नेछन्। स्लाइड स्पेसमा भने कुनै पनि सूचना तथा जानकारी अपलोड गरिएको हुन्छ। यसबाट पनि आवश्यक कुरा सिक्न सकिन्छ। 

बिहिबार, जेठ ०६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)