संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था

Breaknlinks
Breaknlinks

प्रकृति र मानव समाजमा विभिन्न किसिमका घटनाहरु घटिरहन्छन्। ती घटनालाई समाधान गर्न, पुरै निर्मुल पार्नको लागि उक्त विषयवस्तु सम्बन्धि  खोज र अनुसन्धान जरुरी छ। त्यसका लागि विज्ञान अपरिहार्य छ। 

वर्तमान समयमा मानव जातिलाई विश्वभरि कोरोना भाइरस (काेभिड–१९) ले मनोविज्ञानलाई नै खल्बल्याइरहेकाे छ। महामारीको रुपमा फैलिएको कोरोना भाइरस विश्वभरि सम्पुर्ण क्षेत्रलाई तहसनहस बनाएर, मानवीय सिकार गरेर पहिलो  वर्षलाई आरम्भ गरी  दोस्रो बर्षमा निकै आतंक मच्चाइरहेकाे छ।

यसबाट सहजकर्ता अपनाउनु स्वयं नागरिकको उत्तरदायित्व हो। हाम्रो राष्ट्र अल्पविकसित, नवउपनिवेशिक राष्ट्रको रुपमा परिचित छ। वर्तमान संचालनमा आइरहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाको नीतिबाट अग्रिम भुमिका खेलिरहेको लोकतान्त्रिक गणतन्त्रात्मक नीति आफैमा असक्षम र छाडा छ। परिणाम  नेपाली जनता स्वास्थ्य क्षेत्रकाे संकट र बन्दाबन्दीले गर्दा अतिरिक्त आवश्यकतालाई टार्न नसकेर नेपाली जनता जीवन मरनको लडाइ लडिरहेका छन्। यसमा राज्यपक्षबाट अभिभावकत्व भुमिका बिहिननै देखिन्छ।

मानव जातिको सबैभन्दा अन्तिम युग विश्व  साम्यवादी युगमा जब राष्ट्र बिहिन, जाति बिहिन, धर्म बिहिन, सम्पुर्ण निजी स्वामित्वको अन्त्य हुन्छ तब मानव जातिले मानव जातिसंग नभएर प्रकृतिसँग प्रतिरोध र संघर्ष गर्ने छ। त्यो विकसित मानव समाजमा संघर्ष गर्नुपर्ने केही प्रकृति प्रकोप वर्तमान युगमा पनि कतै कतै देखा परिरहेको देखिन्छ। यसलाई उच्च मनोबलका साथ सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ। स्वयं आफैले प्रतिरोध र संघर्ष गर्नुपर्ने देखिन्छ भने विज्ञानलाई चुनौतीपूर्ण विषयको उत्थान भएको देखिन्छ। विकसित राष्ट्रले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन खोप पुँजी संकलन गर्ने केन्द्र बनाइरहेको देखिन्छ यो हुनु भनेको स्वास्थ्य विज्ञान दलाल पुँजीवादको चंगुलमा फस्नु हाे।

नेपाली जनतालाई उपचार र सुरक्षाको एउटामात्र माध्यम लकडाउन भनिएकाे छ। जसले गर्दा रोगले भन्दा भोगले ख्यापी नसक्नुको पीडाबाट ग्रसित दिनभरि मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने सर्वहारा श्रमजीवी, किसान, मजदुर बेसाहा नागरिकको जीवन साँच्चिकै भन्नुपर्दा कष्टकर छ। व्यापारी, उद्योमी र व्यवसायीहरुको पनि दैनिकीमा निराशाकाे वादल लागेकाेछ। भ्रष्टाचार, कमिसन, कालोबजारी चरम छ। तर केपी ओली आफ्ने नेतृत्वको सरकार कसरी टिकाउने भनेर खेलिरहेका छन्। अन्य संसदीय दलका नेताहरु कसरी कुर्सी र पदमा जाने भनेर विभिन्न जालजेल र संयन्त्रको जाल फिजाई रहेका छन्। एकचोटि बहुत चर्चामा आएको संसद विघटन पुनः गठन भएर फेरि  केपी विघटन गरिएको छ। २०७८ साल कार्तिक  २६ गते र मंसिर ३ गते मध्यावधि  चुनावको मितिलाई तोकिएको छ। यो सरकार टिकाउने र कुर्सी अट्काउने बकम्फुले चलखेल मात्र हो। यो हुनु पनि हुँदैन। नेपालमा  खोलका कम्युनिष्टको मिलोमतोमा दुई तिहाइको बहुमत संकलन गरेर लाइसेन्स प्राप्त खिचडी सरकार अन्ततः राजनीति चंगुलमा फस्याे। परिणाम दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफल चरित्र नाङ्गे झार भयाे।  

बलत्कार, हत्या ,हिंसा लगायत घटनाहरू मौलाउनु भनेको दलाल पुँजीवाद हावी हुनु हो। एउटा घरको अभिभावकले परिवारका सदस्यको गास, बास,कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाको पुर्ण जिम्मेवारी जसरी लिएको हुन्छ त्यसैगरी राज्यले आफ्ना नागरिकको सम्पुर्ण जिम्मेवारी वहन गर्नुपर्छ। यो अहिले चलिरहेको दलाल पुजीवादी संसदीय व्यवस्थाबाट बिलकुल सम्भव छैन। त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एउटा स्वाभिमानी नागरिकको पहिचान हुनको लागि एकमात्र व्यवस्था हो वैज्ञानिक समाजवाद।

वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले वैदेशिक हस्तक्षेपलाई प्रतिरोध गर्छ। नागरिक राष्ट्रका लागि हुन्छ। उसले केहि गर्छ भने राष्ट्रकालागि गर्छ। राष्ट्रकालागि मर्छ। त्यसैले प्रिय नयाँ पुस्ताले अब सोच्ने बेला आएको छ। हाम्रा पुर्खाको बहादुरीलाई बिउझाउनु पर्छ। कुनै दलालका नाइकेहरुलाई भोट संकलन गर्न लगाएर लाइसेन्स प्राप्त गराई जनतामाथि दमन लाद्ने किसिमको व्यक्ति विशेषकाे पुँजीवादीहरुलाई चयन गर्ने खाले चुनाव हाम्रो पुस्ताका लागि स्वीकार्य छैन। 

बरु नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने व्यवस्था विशेषको चुनाव गरिनुपर्छ। जनमतसंग्रहद्वारा आफ्नो व्यवस्थाको फैसला गर्ने जिम्मा नेपाली जनतालाई दिनुपर्छ। जनमतसंग्रह अहिलेको राजनीतिक संकटको एकमात्र विकल्प हो।

प्रिय विद्यवान् युवा पुस्ताहरु दलाल संसदीय व्यवस्था आजभन्दा अठारौं शताब्दीमा असफल भैसकेको व्यवस्था हो। यसले हाम्रो संकटको र भविष्यको निष्कर्ष दिदैन। त्यसैले दलाल पुजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा चुनाव हुनुपर्छ। यसलाई विश्लेषण गर्नु तपाई हाम्रो चुनौतीपूर्ण विषय हो। पुजिवाद आफैमा रक्तपीपाशु हो। यो व्यवस्थाबाट संचालित राष्ट्रहरु अहिले पनि असफल भएका छन्। 

कोरोना भाइरसको महामारीलाई प्रतिरोध गर्ने मात्र नभएर जनताको सम्पूर्ण समस्याको समाधान गरेर  समाजवादी राष्ट्रहरु अगाडि बढेका छन्। तपाईहरुले अध्यान गर्न सक्नुहुन्छ मित्र राष्ट्र चिन, उत्तर कोरिया लगायतका समाजवादी राष्ट्रहरु दिनौदिन तिव्र गतिमा विकसित भएर अगाडि बढेका छन्। जुन राष्ट्रका नागरिक समान ढंगबाट चिन्ताजनक जिबनबाट मुक्त छन्। तर दलाल पुजीवादी व्यवस्थाबाट संचालित राष्ट्रहरु वर्तमान महामारीमा धनी झन धनी गरिब झन् गरिब हुम्हदैछन् यो दलाल पुँजिवादको असली चरित्र हो। लुट्नु, राज्यको ढुकुटीलाई निजीकरण गर्नु भनेको दलाल पुँजीवादको नीतिभित्र पर्छ। समाजवादी राष्ट्र बाहेक अन्य राष्ट्रहरुका किसान, मजदुर, उद्योमी, व्यवसायी, श्रमजीवी वर्गका पिडाहरु एउटै हुने गर्छन्। 

वर्तमान महामारीलाई मध्यनजर गरेर गास, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको विषयमा  व्यक्तिको जिम्मा हुँदा विभिन्न खमले संकट आइलाग्छन्। दैनिकी जीवनयापन गर्न नसकेर कोरोनाबाट भन्दा आत्महत्या गरेर मृत्यु हुनेहरूको संख्या बढी देखिन्छ। 

शिक्षा क्षेत्रमा त झन् दिनौदिन खस्किदो अवस्था देखिन्छ। सुविधा सम्पन्न धनाड्यका छोराछोरीहरु इन्टरनेट र अनलाइनबाट अध्यापन गरिरहेका छन् भने गरिबका छोराछोरीको भविष्य बादलझै मडारिएको देखिन्छ। स्वास्थ्य क्षेत्रमा आर्थिक हिसाबबाट सम्पन्नता भएका र राज्यको पहुँचमा भएकाहरुको स्वास्थ्य उपचार र चेक पटकपटक भैरहेको छ। गरिब जनता अक्सिजन नपाएर, विकट ठाउँमा सिटामोल नपाएर अल्पआयुमै मर्नु परेको छ। 

याे सबै संसदीय व्यवस्थाकाे उपज हाे। यसलाई जरैदेखि उखेलेर चितामा लगेर जलाउन हाम्रो पुस्ता तयार हुनुपर्छ।

प्रकाशित मिति: : 2021-05-25 21:47:00

प्रतिकृया दिनुहोस्