मङ्गलबार, २९ जुलाई २०२५

पूर्वी लद्दाखमा भारत–चीनबीच पुनः विवाद

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलओसी) लाई लिएर फेरि एक पल्ट भारत–चीनबीच विवाद उत्पन्न भएको छ।

गत वर्ष गलवान उपत्यकामा भएको हिंस्रक घटनामा चिनियाँ सेनाले २० भारतीय सैनिकलाई मारेका थिए। यसपछि दुई देशबीच तनाव कम गर्ने विषयमा धेरै पल्ट द्धिपक्षीय वार्ता भइसकेको छ। तर, हालसम्म यसले स्थायी समाधान पाएको छैन।

चीनले पछिल्लो समय पूर्वी लद्दाखको सीमा नजिकै हतियारको भण्डारण गरेको आरोप भारतीय पक्षको छ। चीनको ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चिनियाँ पिपल्स लिबरेशन आर्मी (पीएलए) ले नयाँ सेल्फ–प्रोपेल्ड -यापिड फायर मोर्टार यो क्षेत्रमा तैनाथ गरेको छ।

यसअघि १ सय २२ मिलिमिटरको सेल्फ–प्रोपेल्ड होभित्जर, हथियारबन्द असल्ट भेइकल, लामो दुरीको मल्टिपल रकेट लञ्चर पनि त्यो क्षेत्रमा राखेको उल्लेख छ।

गत वर्ष चिनियाँ सेना एलएसीबाट करिब आठ किलोमिटर भित्र प्रवेश गरेको भारतीय पक्षको दावी छ।

भारतीय सेनाध्यक्ष जर्नेल एमएम नरवणेले चीनले पूर्वी लद्दाखको सीमामा उपस्थित सबै मोर्चा हटाउनु पर्ने बताएका छन्। यसभन्दा अगाडी भारतीय सेना नहट्ने पनि उनको जिकिर थियो।

‘हाम्रो सेना परिस्थितिसँग जुध्न तयार छ,’ नरवाणेले भनेका छन्, ‘हामी पूर्वी लद्दाखमा चीनसँग दृढता र बिना कुनै तनाव व्यवहार गरिरहेका छौं। भारतीय सेना यो कुरामा स्पष्ट छ, सीमामा एकतर्फी परिवर्तन सम्भव छैन। हार्मीसँग रिर्जव सेना पर्याप्त छ।’

भारत–चीनबीच यो कुनै नयाँ तनाव होइन। सन् १९६२ मा यी दुई देशबीच सीमा विवादलाई लिएर युद्ध भएदेखि स्थिति ज्यूँका त्यूँ छ।

शनिबार, जेठ १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)