बिएल संवाददाता
सामाजिक सञ्जालमा एकथरी मानिसहरूले एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न गृहमन्त्रीले आदेश दिएको दाबी गरेपछि गुण्डुमा फेरि अर्को हलचल सुरु भएको छ।
सामाजिक सञ्जालमा पूर्व प्रेमिका शोभा पाठकले बस्नेतविरुद्ध दिएको पुरानै उजुरीमाथि गृह मन्त्रालयले कारबाही प्रक्रियामा अगाडि बढाउन लागिएको हल्ला फैलाइएको छ।
बस्नेतविरुद्ध पक्राउपूर्जी नै जारी भइसकेको दाबीसमेत गरिएका छन्। तर, गृहमन्त्रीको सचिवालयले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ।
सचिवालय स्रोतले भन्यो, ‘त्यो प्रहरीको काम होला। मन्त्रालयको जानकारीमा त्यस्तो आएको छैन। मन्त्रालयले त्यसबारेमा बोल्न पनि मिल्दैन। उजुरी कार्यान्वयन गर्ने प्रहरीले होला नि?।’
यसविषयमा भक्तपुर प्रहरीले पनि अहिलेसम्म त्यस्तो आधिकारिक आदेश आइनसकेको बताएको छ।
यता गृहमन्त्री गुरुङले दुवै प्रहरी संगठनका प्रहरी प्रमुखलाई शनिबार साँझ सिंहदरबार बोलाएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रीको बोलाहटपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगिसकेका छन्।
यसअघि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुअघि गृहमन्त्रीले दुवै संगठनका प्रमुखहरूसँग सघन छलफल गरेका थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया