बिएल संवाददाता
सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा ५० जना बेपत्ता भएका छन्।
मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्।
तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्रीमा बाढी पहिराेले क्षतबिक्षत बनाएको छ।
नकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पुल समेत बगेको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।
प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन मन्त्री तामाङकाे आग्रह छ।
मेलम्ची नजिकै रहेको हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया