मेलम्ची: होटलको छतमा फसेका दुई युवालाई सेनाको हेलिकप्टरले गर्‍यो उद्धार (भिडियाे)

सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा फसेका दुई युवाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

मेलम्चीस्थित रोज होटलको छतमा फसेका उनीहरूलाई बुधबार नेपाली सेनाकाे हेलिकप्टरमार्फत् उद्धार गरिएकाे हाे। बाढीका कारण बाहिर निस्कन नसकेपछि उनीहरू होटलकै छतमा गएर आफूहरूलाई उद्धार गर्न आग्रह गरेका थिए।

बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो। वर्षासँगै आएको बाढीले मेलम्ची बजार डुबानमा परेकाे छ। 

बाढीग्रस्त क्षेत्रमा उद्दार गर्न तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

हेलम्बुबाट उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको छ। 

नकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पुल समेत बगेको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ।

मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्‍याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्।

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने सात जनाको मृत्यु भएको छ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्। मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि खोजी तथा उद्दार कार्य तीव्र पारिएकाे छ।



पानीको वहाव बढेपछि कोशी ब्यारेजका १४ ढोका खाेलियाे

तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव ह्वात्तै बढेकाे छ।

लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

अहिले कोशी ब्यारेजका १४ ढोका खुला गरिएको छ। पूरा समाचार



मेलम्चीकाे बाढीले सातको मृत्यु, कैयौँ बेपत्ता

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने सात जनाको मृत्यु भएको छ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ५० जना बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम समाप्त गरेको एमाले नेता तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बताएका छन्।

मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्‍याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन्। पूरा समाचार

प्रकाशित मिति: : 2021-06-16 09:54:00

प्रतिकृया दिनुहोस्