बिएल संवाददाता
मेलम्चीको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ मजदुरलाई नेपाली सेनाले उद्धार गरेको छ।
बाढीमा परेका ३३ जना अझै सम्पर्क बाहिर रहेका छन्। हेलम्बु गाउँपालिका १ आम्बाथानमा रहेको आयोजनाको मुहानको क्याम्पमा ७० जना बस्दै आएका थिए।
७० मा केही कर्मचारी भए पनि बाँकी सबै मजदुर थिए। उनीहरु मध्ये ४७ जनाको सेनाले सफल उद्धार गरेको छ भने बाँकी ३३ जना सम्पर्कमा आएका छैनन्। बेपत्ताको खोजी कार्य भइरहेको छ।
फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने चनौटे, तिम्बु तारामाराङ तथा मेलम्ची बजारमा बाढी पसेको छ।
बाढीले दर्जनौं पुलहरु समेत बगाएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया