बिएल संवाददाता
मेलम्चीको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ मजदुरलाई नेपाली सेनाले उद्धार गरेको छ।
बाढीमा परेका ३३ जना अझै सम्पर्क बाहिर रहेका छन्। हेलम्बु गाउँपालिका १ आम्बाथानमा रहेको आयोजनाको मुहानको क्याम्पमा ७० जना बस्दै आएका थिए।
७० मा केही कर्मचारी भए पनि बाँकी सबै मजदुर थिए। उनीहरु मध्ये ४७ जनाको सेनाले सफल उद्धार गरेको छ भने बाँकी ३३ जना सम्पर्कमा आएका छैनन्। बेपत्ताको खोजी कार्य भइरहेको छ।
फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने चनौटे, तिम्बु तारामाराङ तथा मेलम्ची बजारमा बाढी पसेको छ।
बाढीले दर्जनौं पुलहरु समेत बगाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया