
रामकुमार परियार
सन् २०१६ मा युएईको अबुधाबीमा कार्यरत नेपालीहरुले स्थापना गरेको संस्था 'हातेमालो समूह अबुधाबी'को तेस्रो अधिवेशन सम्पन्न भएको छ।
कोभिड–१९ को मापदण्डलाई पालना गर्दै अबुधाबीको साबियामा आयोजना गरिएको अधिवेशनले बेदनिधी ढकाल (भोला)को अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अबुधाबीमा हुने सामाजिक गतिविधिहरुमा अग्रणी भुमिका खेल्दै खाएको हातेमालो समुहको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गुनाखर भट्टराई, उपाध्यक्षमा दोलेशोर जोगि, महिला उपाध्यक्षमा सुनिमा चौधरी, महासचिवमा भोला श्रेष्ठ, सचिवमा राजेन्द्र ढुंगाना, कोषाध्यक्षमा कुमार कुँवर र सह-कोषाध्यक्षमा काशी ढकाल चयन भएको नव निर्वाचित अध्यक्ष बेदनिधी ढकालले बिएल नेपाली सेवालाई बताए।
यसैगरी सदस्यहरुमा कृष्ण उप्रेती, दामोदर बराल, रामचन्द्र गिरि (शिव) र आलोक थापालाई चयन गरिएको ढकालले जानकारी दिए। रिक्त रहेको १ जना सदस्य ३ महिना भित्र मनोनीत गर्ने निर्णय भएको उनले जानकारी दिएका छन्।
अबुधाबीको साबियामा कार्यरत नेपाली श्रमिकहरुले बचत समुहको रूपमा स्थापना गरेको हातेमालो समूह अहिले युएईको क्रियाशिल नेपाली सामाजिक संस्थाहरु मध्येमा पर्ने गर्छ। समुहले युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार गर्नुका साथै नेपालमा भएका प्राकृतिक विपतहरुमा आर्थिक सहायता गर्दै आएको छ। यसपटक पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुको लागि सहयोग उपलब्ध गराउने योजना रहेको बताईएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया