बिएल संवाददाता
नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ।
नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ। उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरुलाई मुक्त गरिएको हो।
सो विद्यालष्यबाट उनीहरुलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए। साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए।
उनीहरुलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरु हतियारसहित पुगेका थिए। उनीहरुले सो विद्यालयका सुुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालय भित्र छिरेका र अपहरण गरेका थिए।
छात्रबासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ। बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ। रासस
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया