
बिएल संवाददाता
गण्डकी प्रदेश सभाका एमाले सांसद रामशरण बस्नेतले नियतवश टेबुल नफालेको बताएका छन्। विरोध गर्दागर्दै सभामुखले जर्बजस्ति बजेट पारित गरेको भन्दै एमाले र सत्तापक्षका सांसदबिच संसद भवन भित्रै धकेलाधकेल भएको थियो।
संसदभित्र धकेलाधकेल हुँदा एमाले सांसद तथा गण्डकी सरकारका पूर्व मन्त्री रामशरण बस्नेतले टेबुल उचालेर फालेका थिए। संसद बहिस्कार गरेर हिडेको एमालले पत्रकार भेटघाट डाँकेर संसद भित्र साँघुरो ठाउँ भएकाले टेबुल उठाएर सारेको बताएको छ।
सांसद बस्नेतले साँघुरो ठाउँ भएकाले टेबुल सारेको स्पष्टिकरण दिएका छन्। उनले टेबुल उचालेर एमालले हान्न सक्ने भए पनि आफ्नो चरित्र हत्या हुने गरि समाचार आएको बताएका छन्।
उनले आम जनताको आवाज बुलन्द गर्न सदन अबरुद्ध गरेको समेत बताएका छन्। सभामुखले देखाएको चरित्र संसदीय मर्यादाविपरित देखाएकाले आफूहरु विरोधमा उत्रेको बताएका छन्। जनताका प्रतिनिधिले सदनमै कुरा उठाउने भएकाले हामीले सदनमा राख्ने कुरा कसैले अन्यथा मान्न नहुने जिकिर गरेका छन्।
सभामुखले संसदमा प्रतिपक्षी छ भन्ने समेत बिर्सेको उनको टिप्पणी छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया