
नवीनराज आचार्य
आज संसारमा अस्तित्वमा रहेको १९५ देशहरु मध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर विशाल राष्ट्र हो। यसले संसारको कुल भू–भागको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भाग ओगटेको छ। यो भूभागका हिसाबले ४७सौँ ठूलो देश हो।
नेपाको उत्तरमा द्रूत गतिमा चौतर्फी विकास गर्दै संसारमै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने लक्ष्यका साथ अघि बढिरहेको राष्ट्र चीन छ, जो एक्लैले संसारकै अर्थतन्त्रको करिब १५ प्रतिशत हिस्सा ओगट्छ। अहिले चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र हो।
बाँकी तीन दिशामा संसारमै अर्को आर्थिक शक्तिका रुपमा उदाउँदो भारत रहेको छ। नेपाल यी ठूला राष्ट्रको बीचमा रहेको भूपरिवेष्ठित राष्ट्र हो। यो आकारमा सानो भए तापनि यहाँ प्रायः संसारका सबै ठाउँमा पाइने विशेषता पाइन्छन्।
नेपाल प्राकृतिक श्रोतले भरिपूर्ण, सांस्कृतिक सम्पदा र कलाकृतिको खानी, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र हो। यो अनेकतामा एकता भएको देश हो।
कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी छ। नेपालको पर्यटन प्रवर्द्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो यो। समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो।
कर्णाली आफैंमा रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज चालचलन रहेको ठाउँ हो। यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, परम्परा, भेषभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ।
के हो पर्यटन ?
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले 'आफ्नो सामान्य परिवृत्ति बाहिर, २४ घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने' मान्छेलाई जनाउँछ। विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ।
नेपालकै सबैभन्दा ठूलो ताल राराजस्ता मनोरम प्राकृतिक स्थलहरुले कर्णाली भरिभराउ छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार कर्णाली प्रदेश नै हो।
कर्णाली प्रदेशमा जुम्लाको चन्दननाथ भैरबनाथ मन्दिर मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शे गुम्बा र फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहारा छन्। त्यस्तै हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खार्पुनाथ देखि मानसरोवर कैलाशको पैदल यात्रा, सल्यानको कुपिन्डेदह, रुकुमको स्यार्पुदह, जाजरकोटको ठाकुरजी दह, दैलेखमा ज्वाला, दुल्लु दरबार, जस्ता प्रशिद ठाउँ रहेका छन।
कर्णालीको आभूषणको रूपमा रहेका से—फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाचाल झरना आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुन सक्छन् भने हुम्ला विश्वका हिन्दू तथा बौद्ध तीर्थ यात्रीहरु र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बन्न सक्छ।
त्यसैगरी डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव बस्ती भोट र मुगुको मुगु भोट पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै सम्भावना बोकेका रमणीय स्थानका साथै अध्ययन तथा अनुसन्धान गर्न चाहनेका लागि पनि एक उत्कृष्ट गन्तब्य हुन्।
साँच्चिकै सरकारले कर्णाली पर्यटन विकासका लागि छुट्टै सरकारीस्तरीय कर्णाली पर्यटन विकास बोर्डजस्तै संयन्त्रको मात्र विकास गर्नुपर्छ । त्यो निकायले तन मनका साथ काम गर्ने र योजना बनाउने हो भने हुम्लाको लिमी र मुगुको करानक्षेत्र अर्को मनाङ, मुस्ताङ र नगरकोट जस्तो पर्यटकको भीड लाग्नसक्छ।
कर्णालीका संभावना
कर्णाली प्रदेशको पर्यटकीय सम्भावनालाई केलाउने हो भने तत्कालका लागि पद यात्रा र साहसिक पर्यटन नै बढी आकर्षण देखिन्छ। कर्णाली नदीको पश्चिमी किनाराबाट सुरु भएको पदयात्रा पर्यटकको इच्छा अनुसार जहाँ पनि जान सक्छ।
नदीको किनारै किनार उत्तरी क्षेत्र हुम्ला, मुगु र पूर्व डोल्पा जिल्लाका साथै सुर्खेत र दैलेख लगायत यो प्रदेशका बिभिन्न भू–भागको यात्रा गर्न सकिन्छ। जहाँ प्रमुख पर्यटकीय स्थलका अतिरिक्त विविध ग्रामिण परम्परागत संस्कृतिको अवलोकन सकिने अवस्था छ।
तर, धेरैलाई कर्णाली विकट र सुविधाविहिन स्थान हो भन्ने भान छ भने भू–प्राकृतिक र भू–सांस्कृतिक हिसाबले यसले पर्यटकलाई पार्न सक्ने मनमोहकता र अक्षत (भर्जिन) अवस्थाको गन्तव्य हो भन्ने कुराको जानकारी धेरैसमक्ष पुग्न सकेको छैन ।
नेपालकै आर्कषक पर्यटकीय गन्तव्य हो– कर्णाली प्रदेश। तर, यहाँका पर्यटकीय गन्तव्यका लागि एकातिर आवश्यक पूर्वाधार तथा सेवासुविधालाई पर्यटकमैत्री बनाउने गरी प्रवर्द्धन गर्न सकिएको छैन भने अर्कातिर पर्यटकीय प्रवर्द्धनका लागि हुनुपर्ने प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारको कमी छ। कर्णाली प्रदेशको प्रचुर सम्पदाले नेपालको समग्र समृद्धिलाई टेवा दिन सक्ने भए पनि यसको समुचित उपयोग हुन सकेको छैन।
यहाँका मूर्त, अमूर्त पुरातात्विक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र संस्कृतिलाई जगेर्ना गर्नु पर्ने देखिन्छ। विश्वमा नेपाली संस्कृति र सभ्यताको प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास तथा सांस्कृतिक क्षेत्रको संरक्षण गर्न सकिने प्रशस्त सम्भावना एकातिर रहेको छ भने अर्कातिर पर्यटन उद्योगको विस्तारबाट राष्ट्रलाई विदेशी मुद्रा आर्जन, रोजगारी वृद्धि, गरिबी न्यूनीकरण र समग्र आर्थिक समृद्धिका साथै आर्थिक क्षेत्रमा आशा लाग्दो छलाङ्ग मार्न समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ।
अर्कोतिर पर्यटन विकासकै माध्यमबाट देशमा सन्तुलित एवम् समावेशी विकास हासिल हुनसक्ने र यसबाट कर्णालीजस्ता पछाडि पारिएका क्षेत्रमा गरिबी न्यूनीकरणमा यथेष्ट योगदान पुर्याउन सकिने सम्भावना देखिन्छ।
कर्णालीमा पर्यटन विकासका लागि मुख्य ध्यान दिनु पर्ने कुराहरु जसमा युवाहरुको भूमिका एकदम धेरै रहेको छ!
युवाले गर्नसक्ने एक दर्जन काम
सबैभन्दा पहिला त युवालाई कर्णालीमा पर्यटन विकासका लागि मुख्य ध्यान दिनु पर्ने कुराहरु जसमा युवाहरुको भूमिका एकदम धेरै रहेको छ। त्यसका लागि उनीहरुलाई नेतृत्वादायी भूमिकामा ल्याउनु पर्दछ।
१. कर्णालीका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्ने स्थानीय तहहरु र स्थानीय पर्यटन उपभोक्ता समूहहरुलाई क्रियाशील र सक्रिय युवा सहभागी बनाउन आवश्यक देखिन्छ। प्रदेश सरकारका तर्फबाट कर्णालीमा 'एक घर एक कोसेली' भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको विकास तथा प्रर्वद्धन गर्न अत्यावश्यक छ।
१.कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा प्राकृतिक, सांस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी एकिकृत गुरुयोजना तयार गरी तिनको संरक्षण तथा संवर्द्धनका अतिरिक्त प्रचार—प्रसारको आवश्यक छ। यसका अतिरिक्त रारा र शे—फोक्सुण्डो क्षेत्रलाई केन्द्रविन्दुमा राखेर कर्णालीको भौतिक पूर्वाधार विकास र योजना बनाउन आवश्यक छ।
३.कर्णाली प्रदेशमा रहेका सुर्खेत र जुम्ला विमानस्थल विस्तारका साथै अत्याधुनिक संचार तथा उड्यन सहायक उपकरण जडान, एयरफिल्ड लाइटिङ्ग उपकरण जडान गरी रात्रीकालिन उडान सेवा सचालनका लागि उपर्युक्त बनाइनु आवश्यक छ भने मुगु जिल्ला र डोल्पामा वैकल्पिक एयरपोर्ट बनाइनु आवश्यक छ।
साथै कर्णालीमा नेपालगंञ्ज, सुर्खेतबाट मात्र हवाई उडान संचालन हुँदै आएकोमा काठमाडौ, भैरवा, पोखरा र धनगढीबाट अतिरिक्त उडान गर्न आवश्यक देखिन्छ। यसको लागि युवाले सरकारलाई योजना पठाई काम गर्नलाई आफ्नो योजना सरकार लाई प्रस्ट पार्नु पर्दछ।
४.पहिलो चरणमा कर्णालीका पर्यटन बजारका सम्भाव्य मुलुकहरू भारत र चीनलाई केन्द्रित गर्नुका साथै अन्य क्षेत्रीय मलुकहरू जापान, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, बङ्गलादेश र भुटान आदिमा पर्यटन प्रवर्द्धन सम्बन्धि यस क्षेत्रका गतिविधिको प्रचार—प्रसार गर्नु आवश्यक देखिन्छ।
त्यसपछि विश्वका अन्य मुलुकसँग पनि यो क्रमलाई व्यापकरुपमा जोड्नुपर्ने आवश्यकता देखिन्छ। एसको लागि यहाँका युवाले सामाजिक सञ्जालदेखि हुन्छ कि अन्य कुनै माध्यम यस क्षेत्रका गतिविधिको प्रचारप्रसार गर्नुपर्दछ।
६.कर्णालीमा मुख्य पर्यटन केन्द्रहरुतत्काल निर्धारण गरी यी क्षेत्रमा पर्यटन गुरुयोजनाले निर्धारण गरेका क्षेत्रहरुमा पूर्वाधार विकासका लागि एकीकृत कार्यक्रमहरु गर्न कर्णाली पर्यटन विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको शाखालाई सक्रिय बनाउन युवाहरुको भूमिका आवश्यक छ।
७. युवा र समग्र देशले कर्णाली क्षेत्रमा काम गर्ने पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको मुख्य काम भनेको पवित्र तपोभूमि हिमालको काखमा अवस्थित प्रकृतिको वरदान कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउन आवश्यक छ।
८.अर्कोतिर यसबाट प्राप्त आयस्रोतलाई यहाँ अभाव र पीडामा पिल्सीरहेका मूलतः कर्णाली क्षेत्रको ग्रामीण जनताको जीवनस्तर उठाई गरिबी निवारणमा केही महत्वपूर्ण योगदान दिन सक्नु पर्छ।
९. यसरी एउटा बहुउद्देश्यीय दीर्धकालीन सोच र योजना लिएर काम गर्न जरुरी छ। नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले मौजुदा कर्णालीको सम्पदा, कला र संस्कृतिको सकेसम्म बढी समन्वयात्मक प्रस्तुति सहित पर्यटकहरुलाई गुणात्मक सेवा एवं सुविधा उपलव्ध गराउँदै कर्णाली बसाई लम्ब्याउनका साथै ती विकट गाउँ-गाउँ तर्फ आकर्षणका लागि विषेश योजना सहित युवाले नेतृत्व गर्न आवश्यक छ।
१०.कर्णालीका पर्यटकीय तथा सांस्कृतिक सम्पदाबारे प्रचार—प्रसार गर्न अन्तर्राष्ट्रियस्तरका बैठक, आप्रवासिहरुका सम्मेलन कर्णाली क्षेत्रमा नै गरिनुका साथै पर्यटन उद्योगको विविधिकरणका लागि स्थानीय स्तरमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरी ‘कर्णाली भ्रमण दशक २०२१-२०३०’ को आयोजन हुनु जरुरी छ। जसमा युवाले प्रदेश सरकारसँग सहकार्य गर्न सक्छन्।
११.यही अवसर पारेर सरकारका तर्फबाट कर्णालीमा एक घर एक अर्गानिक वस्तु उत्पादन भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका युवाका र अन्य सिप भयका व्यक्तिको सीप क्षमताको प्रर्वद्धन तथा आर्थिक उपार्जनको बाटो देखाउन आवश्यक देखिन्छ।
१२. जुम्लाको सिंजा, डोल्पाको साल्दाङ्ग र मुगुको करान भोट जस्ता ठाउँमा रहेको महत्वपूर्ण पुरातात्विक सम्पदा र संस्कृतिको संरक्षण तथा त्यस क्षेत्रमा न्यूनतम् पूर्वाधारको विकास गरेर ती ठाउँहरुलाई सरकार द्वारा संरक्षित तथा खुल्ला संग्रालयको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यी क्षेत्रको विशेष गुरुयोजना साथ प्रवर्द्धन र प्रचारप्रसार गर्ने हो भने विश्व पर्यटन बजारको आकर्षक केन्द्रविन्दुमा पर्न सक्छन्।
अन्त्यमा, युवा देश विकासका उर्जा हुन् जसको अदम्य आँट र हिम्मत देशविकासमा राम्ररी प्रयोग हुनसकेमा जुनसुकै मुलुकले पनि विकासको गतिमा तिब्रता प्राप्त गर्दछ।
बगेर खेर गइरहेको नदीमा बाँध बाँधेर विद्युत उर्जा निकालेझै खेर गइरहेको युवा शक्तिलाई सुसङ्गठित पारी राष्ट्रिय विकासको अभियानमा पोख्नसक्ने जुनसुकै मुलुकमा पनि विकासको हरियाली लहलहाउँदछ, सम्पन्नताका भकारीहरु भरिन्छन्।
कर्णाली प्रदेशका पर्यटकीय आर्कषणका स्थलहरुमा बढीभन्दा बढी पर्यटक भित्रयाउन यस भू–भागमा भौतिक पूर्वाधारको विकास हुनु आवश्यक हुन्छ। यस सन्दर्भमा पर्यटन विकासका निमित्त आवश्यक पूर्वाधारको कसले व्यवस्था गर्ने भत्रे सवाल प्रमुख छ।
त्यसका लागि तत्काल नेपाल सरकारले कर्णालीको पर्यटन विकासको क्षेत्रमा लगानी गर्ने व्यक्ति संघ, संस्था वा कम्पनीलाई १० देखि १५ वर्ष सम्म कर पूर्णरुपमा छुट वा लगानी कर्तालाई निर्व्याजी आर्थिक अनुदान दिएर लगानीकर्तालाई आकर्षण गर्न पहल गर्नुपर्दछ भने अर्कोतिर सरकारले आफ्नो संयन्त्रद्वारा गाउँ विकास समिति मार्फत पनि अति सम्भाव्य कर्णालीका पर्यटकीय केन्द्रमा राम्रा खालका होटल तथा लजको निमार्ण गर्न आवश्यक छ।
कर्णाली प्रदेशमा रहेका स्थानीय तहहरु र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधारको विकासका लागि विषेश ध्यान दिन आवश्यक छ भने कर्णालीबासीले आफ्नो वरिपरिको वनजङ्गल, कर्णाली प्रदेशमा रहेका स्थानीय तहहरु र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधारको विकासका लागि विषेश ध्यान दिन आवश्यक छ भने कर्णालीवासीले आफ्नोवरिपरिको वनजङ्गल, धार्मिक तथा सांस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला र मौलिक संस्कृति आदिको संरक्षण गरेर आफ्नो क्षेत्रको विकासका लागि सहयोग गर्न आवश्यक छ।
यसरी सरकार, युवा र कर्णालीबासी जनता सबै मिलेर कर्णालीको पर्येटन लाई बढावा दिन सके कर्णाली प्रदेशले छोटो समयमै आफ्नो मुहार फेर्ने छ, विकुमा फड्को मार्ने छ। समृद्ध कर्णाली बन्ने छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया