उर्लाबारी नगर बैठकमा ओली–नेपाल समुबीच झडप (भिडियोसहित)

Breaknlinks
Breaknlinks

फुटको संघारमा पुगेको नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोड भएको छ।

ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आह्वान गरेको थियो। उक्त भेला सुरु हुनुभन्दा अगाडि नै आपसमा झडप हुँदा बैठक विथोलिएको हो।

सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताए। ‘किन र कसले तोडफोड ग-यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशङ्का गरेका छन्। तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए।

आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै उनले आफूहरुको बद्नाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताए।

स्रोतका अनुसार ओली समूहको कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने विषयमा विवाद हुँदा आपसमा झडप भएको हो। सो बैठकमा संविधानसभा सदस्य तथा एमाले ओली समूहका मोरङ अध्यक्ष ऋषिकेस पोखरेललगायतको सहभागीता हुने भनिएको थियो।

प्रकाशित मिति: : 2021-07-22 14:21:00

प्रतिकृया दिनुहोस्