बिएल संवाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।
३ हजार ४३५ मतगणना हुँदा उपसभापतिमा डा. भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मधु आचार्यले १ हजार ९० मत प्राप्त गर्दा सुरेन्द्रराज पाण्डेले ९५५ र गोविन्द भट्टराईले ९४१ मत पाएका छन्। धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्।
उपसभापति (समावेशी) तर्फ विनोद चौधरीले ८९६ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्।
महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन्। उदयशमशेर राणाले १ हजार १५९ मत प्राप्त गर्दा डा. सुनील शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८ र नैनसिंह महरले ४२८ मत पाएका छन्। त्यस्तै, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।
महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले १ हजार ५१७ मत प्राप्त गरेकी छन् र महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ मत प्राप्त गर्दा रीता खनालले ३६५ मत पाएकी छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया