आइतबार, ११ अक्टोबर २०२६

सुरज शाही अभिनीत ‘तिमी हामी भक्तपुर जाँदा’ बोलको गीत सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

गायक सुरेन्द्र शाहीको स्वरमा रहेको ‘तिमी हामी भक्तपुर जाँदा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा अभिनेता सुरज शाही, अभिनेत्री प्रसन्ना कार्की र सहायक कलाकार पूजन दवाडीको अभिनय रहेको छ।

विशेषगरी माया–प्रेम र भक्तपुरको सांस्कृतिक परिवेशलाई झल्काउने प्रयास गरिएको यस गीतले भक्तपुरको सुन्दरता र प्रेमभावलाई समेटेको छ।

गायक सुरेन्द्र शाहीले यो आफ्नो पहिलो गीत भएको बताएका छन्। आगामी दिनमा योभन्दा पनि राम्रा गीत दर्शकमाझ ल्याउने प्रयास गर्ने उनको भनाइ छ। साथै, सम्पूर्ण दर्शकले गीतलाई मनैदेखि माया गर्नुहुनेछ भन्ने आफू विश्वस्त रहेको उनले बताए।

अभिनेता सुरज शाहीले गीत निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन्। सम्पूर्ण दर्शकले गीतसँगै आफ्नो अभिनयलाई पनि माया गर्नुहुनेछ भन्ने विश्वास आफूले लिएको उनले बताए।

‘तिमी हामी भक्तपुर जाँदा’ गीतमार्फत माया–प्रेमसँगै भक्तपुरको मौलिक परिवेशलाई दर्शकमाझ प्रस्तुत गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!