डिल्ली पाण्डे
एक किलाे कोकिनसहित गोरखाका सुरज गुरूङ चितवनबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूराे काठमाडौंको विशेष टोलीले उनलाई चितवनबाट कोकिनसहित पक्राउ गरेको हो।
केही दिनअघि ५ सय ग्राम कोकिनसहित काठमाडौं महानगरपालिका– १६ पकनाजोलको एक होटलबाट नागार्जुनका मुकुन्द खड्का, मन गुरूङ, रेशमबहादुर राना, एकराज गुरूङ र नन्दलाल मान्तलाई ब्यूरोको विशेष टोलीले पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूलाई पछ्याउदै जाँदा टोलीले गुरूङलाई आइतबार चितवनबाट पक्राउ गरेको हो।
कोकिनकाे वसार–पसार गर्ने गिरोहको नाइके गुरूङ नै भएकाे समेत पुष्टि भैसकेकाे छ। पक्राउ परेका व्यक्तिहरूबाट बरामद भएको कोकिनपनि गुरूङकै भएको प्रहरीको दाबी छ।
प्रहरी स्राेतका अनुसार २ पटकमा बरामद गरिएकाे कोकिनकाे अन्तराष्ट्रिय बजार मुल्य कम्तिमा ३ करोड ३० लाख भन्दा बढी हुन्छ।
उनले काठमाडौं उपत्यका लगायत चितवन क्षेत्रमा कोकिनको डिलरकाे रूपमा कारोबार गर्दै आएका थिए। ब्यूरोले उनलाई लामो समयदेखि पछ्याउदै आएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया