डिल्ली पाण्डे
एक किलाे कोकिनसहित गोरखाका सुरज गुरूङ चितवनबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूराे काठमाडौंको विशेष टोलीले उनलाई चितवनबाट कोकिनसहित पक्राउ गरेको हो।
केही दिनअघि ५ सय ग्राम कोकिनसहित काठमाडौं महानगरपालिका– १६ पकनाजोलको एक होटलबाट नागार्जुनका मुकुन्द खड्का, मन गुरूङ, रेशमबहादुर राना, एकराज गुरूङ र नन्दलाल मान्तलाई ब्यूरोको विशेष टोलीले पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूलाई पछ्याउदै जाँदा टोलीले गुरूङलाई आइतबार चितवनबाट पक्राउ गरेको हो।
कोकिनकाे वसार–पसार गर्ने गिरोहको नाइके गुरूङ नै भएकाे समेत पुष्टि भैसकेकाे छ। पक्राउ परेका व्यक्तिहरूबाट बरामद भएको कोकिनपनि गुरूङकै भएको प्रहरीको दाबी छ।
प्रहरी स्राेतका अनुसार २ पटकमा बरामद गरिएकाे कोकिनकाे अन्तराष्ट्रिय बजार मुल्य कम्तिमा ३ करोड ३० लाख भन्दा बढी हुन्छ।
उनले काठमाडौं उपत्यका लगायत चितवन क्षेत्रमा कोकिनको डिलरकाे रूपमा कारोबार गर्दै आएका थिए। ब्यूरोले उनलाई लामो समयदेखि पछ्याउदै आएको थियो।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया