मङ्गलबार, ०६ अक्टोबर २०२६

कांग्रेस महामन्त्रीमा युवा नेता शंकर तिवारीको उम्मेदवारी

News Image
• • •

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शंकर तिवारीले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार राष्ट्रिय सभामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर तिवारीले महामन्त्री पदमा उमेदवारी दर्ता गराएका हुन्।

मनोनयनपछि उनले भनेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत रूपमा मनोनयन दर्ता गरेको छु। अब यहाँहरूको झन् ठूलो साथ र सहयोगको आशा गरेको छु।’

आइतबार बिहान काठमाडौंमा आयोजित विशेष समारोहमा तिवारीले आफूले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस विचारको रक्षा, सिर्जनशील व्याख्या र पार्टी रूपान्तरणका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थिए।

१४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चर्चामा आउनुभएका तिवारीले यसपटक महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

राजनीतिक विश्लेषक तथा लेखकका रूपमा समेत परिचित तिवारी विद्यार्थी राजनीतिदेखि नै कांग्रेस सभापति गगन थापानिकट रहेर काम गर्दै आएका छन्। उनले लेखन तथा वैचारिक मन्थनका क्षेत्रमा समेत सभापति थापासँग सहकार्य गर्दै आएको बताए।

तिवारीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसको संगठनलाई बलियो बनाउँदै पार्टीलाई तल्लो तहदेखि दूरदराजका जनतासम्म जोड्न आवश्यक रहेको बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!